४ श्रावण २०८३, सोमबार

 

गलकोट नगरपालिकाको प्रथम नगर सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

- तिलक उप्रेतीको अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन

थम्मन थापा

गाउँ नगरका घर घर जाऔं, माओवादी केन्द्रलाई विजयी बनाऔं भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका बागलुङको प्रथम नगर सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सम्मेलनले तिलक उप्रेतीको अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गंगा भुजेल, सचिवमा खिम साहनी, सहसचिवमा राज बहादुर थापा र कोषाध्यक्षमा मिना दर्जी रहनुभएको छ । सो अवसरमा ३५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

कार्यक्रम उदघाटन पछि बोल्दै प्रमुखअतिथि नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य एवं पूर्व स्थानिय विकास मन्त्री देव गुरुङल सबैले अपनत्व महशुष गर्ने गरि साझा देश बनाउनुपर्ने बताउनु भएको छ । उहाले सबै जात जाति भाषा भाषी बर्ग समुदायले आफ्नो अधिकार प्राप्त गर्ने बातबारण निमार्ण गर्न स्थानीय निबाचन अपरिहार्य रहेको बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र पोलिट ब्यूरो सदस्य लिल थापा मगर, पोलिट ब्युरो सदस्य फमलाल न्युरे, जिल्ला ईन्चार्ज चन्द्र बुढा सागर, नेकपा माओवादी केन्द्र केन्द्रिय सल्लाहकार क्यापटेन पूर्ण बहादुर राना, महाधिवेशन आयोजक समिति सदस्य ज्ञामनाथ गैरे अनिल, नेपाली काँग्रेसका जिल्ला सदस्य फम बहादुर खत्री, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, महिला नेतृ दिपा रोका, वाई सि एल का केन्द्रिय सदस्य नरेश केसीले शुभकामना राख्नु भएको थियो ।

सो अवसरमा बहुचर्चित लोकदोहोरी गायक विष्णु खत्रीले सांगितिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । सम्मेलन बाजा गाजा तथा झाकी सहितको र्यालीले गलकोट नगरपालीका वडा नं ३ हटिया बजार परिक्रमा गरि उद्घाटन समारोहमा परिणत भएको थियो । नगर सम्मेलनको गलकोट नगरपालिका सहईन्चार्ज गगां भुजेलको अध्यक्षता, उपसह ईन्चार्ज तिलक उप्रेतीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung