२६ बैशाख २०८१, बुधबार

 

चीन रिसाउदा दक्षिण कोरिया जाने पर्यटक घटे

दक्षिण कारियाको भ्रमणमा जाने चिनिया पर्यटकको संख्यामा ठुलो गिरावट आएको छ । गत महिना दक्षिण कारियामा जाने चिनियाँ पर्यटकको संख्या ४० प्रतिशतले घटेको छ । दक्षिण कारियाले अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली (थाड) राख्न तयार भएपछि चिनियाँ पर्यटनको संख्या घटेको हो ।

कोरियाली प्रायदिपमा आणविक हतियार र सैन्य प्रतिस्पर्धा बढेपछि त्यसको असर पर्यटन क्षेत्रमा देखिएको हो । उत्तर कारियाको क्षेप्यास्त्र परिक्षणले अमेरिका , जापान र दक्षिण कारिया मिलेर क्षेप्यास्त्र प्रतिरक्षा र सैन्य अभ्यास यस क्षेत्रमा बढाएपछि चीन आक्रोशित भएकोछ । जसका कारण चिनियाँहरूले दक्षिण कारियाको यात्रा रद्द गर्न थालेका छन । गत वर्ष १ करोड ७० लाख चिनियाँहरूले दक्षिण कारियाको भ्रमण गरेको थियो ।

हाल चिनियाँ पर्यटनको संख्या ८० लाखमा सिमित भएको छ । उच्च र मध्यम वर्गको खर्च गर्ने चिनियाँहरू बढि कारियाको भ्रमण गर्ने गरेका छन । चिनियाँ पर्यटनको कमिले दक्षिण कारियाको पर्यटन क्षेत्रलाई आर्थिक नोक्सान भएको छ ।

प्रतिक्रिया दिनुहोस्