जिल्ला लिग फुटवल प्रतियोगितामा सहभागी खेलाडिहरुलाई फ्युचर व्राइटर बोडिङ स्कुलले एक कार्यक्रमका विच सम्मान गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार जिल्ला फुटबल संघ बागलुङले आयोजना भएको जिल्ला लिग फुटबल प्रतियोगितामा फ्युचर स्पोर्ट क्लवको तर्फवाट सहभागी भई उपाधी चुम्न सफल खेलाडिहरुलाई सम्मान गरिएको हो ।
फ्युचर व्राइटर बोडिङ स्कुल र फ्चुचर स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा १६ जना खेलाडि, टिम कोच र खेल शिक्षकलाई नगद, मायाको चिनो, प्रशंसापत्र सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालयका बिद्यालय शाखा प्रमुख लोकनाथ शर्माले राष्ट्रको पहिचान र चिनारीका लागि खेलकुद पनि महत्वपूर्ण अंग भएकाले खेलाडिहरुले खेललाई अनुशासन र संयमित ढंगले सदुपयोग गर्नुपर्ने बताए ।
स्पोट क्लवका अध्यक्ष तथा बिद्यालयका प्रिन्सीपल बालकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका संचालक डिल्लीराज गौतमले मन्तव्य व्यक्त गरे ।
शिक्षक सरस्वती शर्माले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक नवराज पौडेलले गरेका थिए ।
मंगलबार सम्पन्न भएको जिल्ला लिगको फाइनल खेलमा चिल्ड्रेन लाईफ स्पोर्ट क्लवलाई २ का विरुद्ध ३ गोल गर्दै फ्युचर स्पोर्ट क्ल्वले यस बर्षको जिल्ला लिगको उपाधि चुमेको थियो ।
लिग विजेता फ्युचरले नगद ५० हजार र ट्रफि प्राप्त गरेको थियो भने उपविजेतामा चित्त बुझाएको चिल्ड्रेन लाईफले नगद २५ हजार र ट्रफि प्राप्त गरेको फ्युचर स्पोर्ट क्लवका सचिव फडिन्द्र खड्काले बताए ।













































































































































































































