३० बैशाख २०८२, मंगलवार

 

बिश्व योग दिवस बागलुङ्गमा पनि मनाईयो

विश्व योग दिवस, आज धौलागिरीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाईन्छ ।

योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ ।व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै भन्दै दिवस मनाउन शुरु गरिएको हो ।

पतञ्जली योग समिति बागलुङ र जिल्ला शिक्षा कार्यालय र धौलागिरी अञ्चल आर्युवेद औषधालयको संयुक्त आयोजनामा बागलुङमा विहान प्रभातफेरी सहित योग अभ्यास गरिएको थियो ।

सो अवसरमा बोल्ने सहभागिले सारिरिक मानसिक एबं आत्मनियन्त्रण, चित्त शुद्धिकरणका लागि योग महत्वपुर्ण माध्यम भएको बताएका थिए । सहभागिले अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा जिल्ला न्यायधिश हिमलाल बेलवासे, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नगर प्रमुख जनक पौडेल, धौलागिरी अञ्चल आर्युवेद औषधालयका कविराज हरि पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम पतञ्जली योग समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायको अध्यक्षता, सचिव हिरावहादुर केसीको स्वागत र जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक प्रकाश ओझाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung