२ जेष्ठ २०८१, बुधबार

 

फुटबलर मेसीले गरे विवाह

विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीले एन्टोनेला रोकुजोसंग विवाह गरेका छन । उनी किसोरावस्थादेखि नै प्रेमिका रोकुजोसंगको सम्बन्धमा रहेका थिए ।

विवाह समारोहमा विशिष्ट पाहुनाहरूको उपस्थित थियो । बार्सिलोनाका साथीहरू नेयमार र लुइस स्वारेज पनि सहभागी थिए । महंगो होटलमा २ सय ५० जना पाहुनाको उपस्थितिमा भएको विवाहमा समाचार संकलनको लागि १ सय ५० जना पत्रकारहरू उपस्थित थिए । ठूलो संख्यामा प्रशंसकहरूको उपस्थित रहेकोले सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

२९ वर्षका एन्टोनेला रोकुजा मेसीका नजिकका साथीको नातेदार हुन् । दुवै जना सानैदेखि मिल्ने साथी थिए । उनीहरूको विवाह पुर्व नै दुई सन्तान जन्मिसकेका छन् । ३० वर्षिय मेसीका दुई दाजुभाइ र एक दिदी छन ।

प्रतिक्रिया दिनुहोस्