३ जेष्ठ २०८१, बिहीबार

 

‘बागलुङमै भयो आइटिएफको अन्तराष्ट्रिय सेमिनार’

बागलुङ बजारमा अन्तरराष्ट्रिय स्तरको आइटिएफ तेक्वान्दो सम्बन्धि सेमिनार भएको छ । बागलुङ आइटिएफ तेक्वान्दो संघले कार्यक्रम गरेको हो । नेपाल आइटिएफले सहयोग गरेको थियो । कार्यक्रममा सहभागी खेलाडीहरुलाई अन्तराष्टिय ए क्लास ब्ल्याक बेल्ट आठौं डान माष्टर जो चोन होले विशेष प्रशिक्षण दिए ।

जिल्लामा आइटिएफ तेक्वान्दोका खेलाडीहरु बढिरहेकाले महासंघसंग समन्वय गरी सेमिनार गरिएको आइटिएफका सचिव राजु खड्काले बताए । ‘यो सेमिनारबाट खेलाडीहरुले उल्लेख्य लाभ लिएका छन् भन्ने हामीलाई लागेको छ’, सचिब खड्काले भने, ‘अन्तराष्ट्रिय सेमिनार बागलुङमा गर्न पाउनु आईटिएफमा ठुलो उपलब्धि हो ।’

सेमिनार पछि भएको पत्रकार सम्मेलनमा आठौं डान ब्ल्याक बेल्ट माष्टर पाक चोल मिनले १९५५ बाट शुरु भएको तेक्वान्दो खेल अहिले संसारभर लोकप्रिय बनेको बताए । उनले नेपाली खेलाडीले प्राप्त गरिरहेको उपलब्धिको प्रशंसा समेत गरे ।

‘नेपाली समाजले आइटिएफ खेललाई जसरी रुचाएको छ, त्यहि स्तरमा सरकार, स्थानिय तहले समेत सहयोग गरे यो भन्दा धेरै ठुलो उपलब्धि प्राप्त हुने थियो’, उनले भने, ‘नेपाली खेलाडीमा केही टेक्निकको मात्र समस्या देखिन्छ, नियमित अभ्यासमार्फत सुधार्न सकिन्छ ।’

सन् १९६६ मा ८ देशका प्रतिनिधीहरु मिलेर डब्लुटिएफ तेक्वान्दो स्थापना गरेको भन्दै उनले अहिले आईटिएफ–डब्लुटिएफ दुवै तेक्वान्दोमा राम्रो प्रगती भएको बताए । यी दुईविच एकताका लागी चरण–चरणमा छलफल समेत भएको बताए ।

‘आइटिएफ र डब्लूटिएफको प्रिन्सिपल एउटै हो’, उनले अघि थपे, ‘आगामी अन्तराष्ट्रिय गेमहरुमा मिलेर सहभागी हुने प्रयास भईरहेको छ ।’
नेपाल आइटिएफका अध्यक्ष अन्जन धमलाले राष्ट्रिय खेलकुद परिषदमा आबद्ध संघहरुमध्ये नेपाल आइटिएफ सिर्जनसिल र सक्रिय संघ रहेको बताए ।

उनले राष्ट्रिय नीतिका कारण आइटिएफका प्रशिक्षकले सरकारी नियुक्ति पाउन नसकेको गुनासो गर्दै आउने दिनमा राज्यले खेलकुद् सम्बन्धि संस्थाको सहि मुल्याङ्कन गरी आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।

सरकारी स्तरको सहयोगसँगै आन्तरिक श्रोतबाटै पनि अन्तराष्ट्रिय प्रशिक्षक मार्फत नेपालमै सञ्चालन हुने प्रशिक्षण आगामी दिनमा पनि गरिने उनले बताए ।

कार्यक्रम आईटिएफ बागलुङका अध्यक्ष ससबहादुर पुनको अध्यक्षता र सहसचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । सल्लाहकार तथा बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का र अध्यक्ष पुनले दुवैजनालाई मायाको चिनो प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्