६ जेष्ठ २०८१, आईतवार

 

उत्तर बग्ने गंगाको मुहान (२२ धारा) मा स्नान गरी ढोरबराहमा पुजा (फोटो)

- शुद्ध मनले पुजा गरे आँटेको पुग्ने विश्वास, साढे ३ सय भेडाको बली

बागलुङको पर्यटकिय क्षेत्र ढोरपाटनमा रहेको ढोरबराह मन्दिरमा सोमबार भक्तजनले पुजा आज गरेका छन् । दक्षिणबाट उत्तरतिर बगेको उत्तरगंगा नदीको मुहानमै रहेको २२ धारमा स्नान गरि नजिकै रहेको ढोरबराह मन्दिरमा पुजा गर्ने गरिन्छ ।

ढोरबराह देवताको पुजा गरे मनले आँटेको पुग्ने विश्वास रहेको छ । शुद्ध मनले पुजा गरे छोराछोरी नहुनेलाई सन्तान समेत हुने विश्वस रहेको साबिकको बोबाङ गाविसका पुर्बअध्यक्ष तथा पुजारी सेरमान घर्तीले जानकारी दिए ।

त्यहाँ बैसाख पुर्णीमा र जनै पुर्णिमाको अवसरमा बिशेष पुजा गर्ने गरिन्छ ।

भेडाको बलि सहित पुजा गर्न बागलुङ, रुकुम, म्याग्दी, गुल्मी, बुटवल, पोखरा, चितवन काठमाण्डौ लगायतका ठाउँबाट भक्तजन ढोरबराह मन्दिर पुग्ने गर्छन् ।

पुजाका लागि भक्तजनहरु शुक्रबार राती २ बजेदेखि नै लाईन बसेका थिए । विहान ४ बजेदेखि पुजा सुरु भएको थियो ।

जिल्ला सदरमुकामबाट झण्डै १ सय २५ किलोमिटर र बुर्तिबाङ बजारदेखि ३२ किलोमिटर पश्चिममा रहेको ढोरबहारमा सयौँ भक्तजनले पुजा गरेका छन् ।

जनैपुर्णिमाको अवसरमा मन्दिरमा ३ सय ५४ भेडाको बलि चढाईएको साबिकको बोबाङ गाविस महिला सञ्जालका सचिव श्यामकुकारी भण्डारीले जानकरी दिईन् ।

पुजा आजको व्यवस्थापन यहि आमा समुहले गरेको थियो । एक बर्षको पुजा व्यवस्थापनको जिम्मेवारी लिएको आमा समुहले ३ लाख ७८ हजार तिरेर एक बर्षको ठेक्का लिएको हो ।

३ लाख ५० हजार रुपैयाँ ढोरपाटन नगरपालिकाको वडा नम्बर–९ को वडा कार्यलयमा र २४ हजार पाँच सय रुपैयाँ गुठीमा बुझाएको सचिव भण्डारीले जानकारी दिईन् ।

ढोरबराह मन्दिरको पुजा व्यवस्थानको लागि प्रत्यक बर्ष टेण्डर दिने गरिएको छ ।

निष्चित व्यक्तिले टेण्डर लिँदा पुजाको सहि व्यवस्थापन हुन नसकेपछि पछिल्लो पटक समाजिक संस्थालाई टेण्डर दिन थालेको बताईएको छ । २०७१ सालमा पहिलो पटक टेण्डर लिएको महिला सञ्जाले २०७४ सालका लागि पनि लिएको हो ।

सञ्जालले २०७१ सालको आम्दानी र अन्य दाताबाट जुटेको सहयोको रकमबाट मन्दिरको बाहिरी भाग प्लाष्टर र रङरोगन गरेको जनाएको छ । २२ धारामा फलामको धारा राखिएको छ । मन्दिर नजिकै महिला र पुरुषको लागि छुट्टा छुट्टै सौचालय समेत निर्माण गरीएको छ ।

त्यस्तै पुजा गर्ने स्थान समेत ब्यबस्थापन गरीएको सञ्जालका सचिव श्यामकुमारी भण्डारीले जानकारी दिईन् ।

ढोरपाटन क्षेत्रको विकासको लागि यस बर्ष नढोरपाटन नगरपालिकाले ९५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । यो बजेटबाट ढोरपाटन देउरालीमा स्वागतद्वार बनाउने, ढोरबराह मन्दिरको व्यवस्थान गर्ने लक्ष्य छ ।

पर्यटकिय महत्वको ढोरपाटनको विकासमा स्थानीय स्तरमा केहि प्रयास भएपछि संस्थागत पहल हुन नसकेको स्थानीय वान्दिाको गुनासो छ । ढोरपाटनमा राज्यको ध्यान पुग्नुपर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्