३ श्रावण २०८३, आईतवार

 

‘यस कारण कालिका केसी थापा एनआरएन जापानमा कोषाध्यक्षको बलियो दावेदार हुन्’

- साहसी, निडर र सक्रिय महिला अगुवा

गैरआवासिय नेपाली संघ (एनआरएनए) जापानको कोषाध्यक्षमा कालिका केसी थापा बलियो उम्मेद्वार देखिएकी छन् । निर्वाचन समितिले सोमबार प्रकाशन गरेको उम्मेद्वारको सुचिमा थापाको नाम कोषाध्यक्षमा समावेश छ । उनीसँगै चुनावि प्रतिस्पर्धामा प्रल्हादसिंह महत र महेन्द्रकुमार अधिकारी मैदानमा छन् ।

गैरआवासिय नेपालीको साझा संस्था एनआरएनएमा कोषाध्यक्षको प्रत्यासी बनेकी थापा बागलुङको गलकोटबाट रोजगारीका क्रममा जापान पुगेकी हुन् । एनआरएनए जापानमा आर्थिक पारदर्शीता र कोष वृद्धिको एजेण्डा लिएर आफु निर्वाचनमा होमिएको उनले बताएकी छन् ।

‘मेरो स्वभाव धेरै कुरा गर्ने भन्दा पनि काम गरेरै नतिजा दिनुपर्छ भन्ने छ,’ थापाले भनिन्, ‘पदीय दायित्व भित्र रहेर आर्थिक पारदर्शीता कायम गर्दै संस्थाको कोष बढाउन मैले योगदान गर्नेछु ।’

उनले निर्वाचनमा लोकप्रिय बन्न धेरै आश्वसन बाँड्नु भन्दा पनि संस्थाको आर्थिक पारदर्शीता र कोषवृद्धि नै आफ्नो कार्याकालको मुल लक्ष्य रहने बताएकी छन् । ‘जुनसुकै संस्थाको कोषाध्यक्षको दायित्व नै मैले उठाएका यिनै दुई काम हुन्’, उनले अगाडी थपिन्, ‘संस्थालाई बलियो र निरन्तर गतिशिल बनाईराख्न आर्थिक कोष नै जरुरी हुन्छ, त्यसपछि जोडिएर आउने कुरा पारदर्शीता हो ।’

 

यी दुवै मुद्धामा आफु सँधै स्पष्ट र खुला भएकाले मतदाताले आफुलाई विश्वास गर्ने थापाको बुझाई छ । निस्वार्थ भएर संस्थाको दिगो प्रगतीको मुद्धा सहित चुनावि मैदानमा उत्रिएकाले मतदाताको भोट आफुले पाउने उनको भनाई छ ।

 

‘मैले राम्रो मतअन्तरले विजय हाँसिल गर्छु भन्नेमा ढाक्क छु’, थापाले भनिन्, ‘सवै जापानवासी नेपाली मतदातालाई निशंकोच मत दिएर जिताउनुहुन मेरो विनम्र अनुरोध छ ।’

थापाले अहिले सम्म सामाजिक काम गर्दा आफुले आर्जन गरेको अनुभवलाई एनआरएनएको प्रगती र विकासमा खर्चने प्रतिवद्धता जनाएकी छन् । सामाजिक कार्यमा महिला सक्रियता बढाउने गरि आफुले काम गर्ने थापाको अर्को योजना छ ।

‘मेरो काम र योगदान बारे जापानमा रहेका धेरै गैरआवासिय नेपाली मित्रहरु जानकार नै हुनुहुन्छ’, उनी भन्छिन्, ‘स्वतन्त्र भएर आफ्नो मत व्यक्त गर्न पाउने तपाईको अधिकारलाई विवेकपुर्ण रुपमा प्रयोग गर्नुहोला ।’

उनको उम्मेद्वारीसँगै जापान र नेपालमै समेत सामाजिक काममा सँधै सक्रिय रहने थापा कोषध्यक्षको बलियो उम्मेद्वार रहेको चर्चा बढेको छ । महिलालाई अघि बढाउन अरुलाई समेत सँधै उत्प्रेरित गर्ने गरेको र आफै महिला भएकाले आफुलाई सवै महिला मतदाताको पुरै साथ रहनेमा उनी ढुक्क देखिन्छिन् ।

कालिका विचमा

संस्थाको आर्थिक पारदर्शीताको विषयमा विगतदेखि नै विभिन्न खालका प्रश्न उठ्दै आएकोमा यहि मुद्धा उठाएर मैदान उत्रेकी थापाले धेरैको मत तान्ने मतदाताविच चर्चा बढेको छ । कोषाध्यक्षमा उनी निर्वाचित भएमा आर्थिक पारदर्शीता थप व्यवस्थीत हुने उनी निकट स्रोतको दावि छ ।

उनका सहकर्मी उनी बारे यसो भन्छन्
उनलाई नजिकबाट चिन्ने सामाजिक अगुवा तथा व्यवसायी राज थापा भन्छन्, ‘कालिका केसी थापा साहसी, निडर र सक्रिय महिला अगुवा हुन् । उनी खारो स्वभाव र स्पष्ट धारणा राख्ने गर्छिन् । उनमा उच्च सामाजिक सोच र असल मानविय भावना पाईन्छ । हक्की स्वभावकी उनी कार्यसम्पादनमा चुस्त र बोलेको गरेरै छाड्नुपर्छ भन्ने मान्यता राख्छिन् । उनी खुल्ला र पारदर्शी स्वभाकी छन् ।’

आठौँ अधिवेशनको निर्वाचन कार्यालालिका र पदाधिकारीमा उम्मेद्वारी यस्तो छ ।
एनआरएनए जापानमा सेप्टेम्बर ३ तारिख अर्थात आगामी भदौ १८ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यातालिका निर्वाचन समितिले प्रकाशन गरेको छ । उम्मेद्वारी दिने समय शनिवर र आईतवारलाई तोकिएको थियो ।

सोमबार निर्वाचन समितिले उम्मेद्वारको पहिलो सुचि सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक ओम गुरुङका अनुसार अध्यक्षमा अनुज थापा र टसी वाङ्दी लामाले उम्मेद्वारी दर्ता गराएका छन् । थापा बर्तमान महासचिव हुन भने लामा उपाध्यक्ष छन् ।

बरिष्ठ उपाध्यक्षमा भने देविलाल भण्डारीको एकल उम्मेद्वारी परेपछि उनी सर्वसम्मत हुनसक्ने संयोजक गुरुङले बताए । सहकोषाध्यक्षमा पनि राम थापा अनिलको मात्रै उम्मेद्वारी परेको छ । दाबि विरोधपछि अन्तिम उम्मेद्वार सुचिसम्म उनीहरु पुगे दुवै जना सर्वसम्मत निर्वाचित हुनेछन् । त्यसका लागि अगष्ट १३ तारिख (साउन २९ गते) सम्म पर्खनुपर्ने छ ।

महिला उपाध्यक्षमा सविता श्रेष्ठ र अनिता गुरुङ लामा उम्मेद्वार बनेका छन् । दुई उपाध्यक्ष पदको लागि पाँच जनोको उम्मेद्वारी परेको छ । शिवप्रसाद पौडेल, जीवन न्यौपाने, सरोज कुमार खत्री, द्रोणप्रसा रिजाल र छत्रबहादुर दाहाल उपाध्यक्षका उम्मेद्वार छन् । महासचिवमा बुद्धिराज घिमिरे र विशेश्वोर रेग्मी चुनावि मैदानमा छन् । जनकविक्रम शाही, बासुदेव लामीछाने र प्रकाश थापाले सचिवमा उम्मेद्वारी दिएका छन् ।

मंगलबार उम्मेद्वार माथिको दावि विरोध सम्वन्धि उजुरी गर्ने कार्यातालिका छ । बुधबार उजुरीको छानविन गरेपछिको नामावली प्रकाशन गरिने निर्वाचन समितिका सदस्य डाक्टर भुपालमान श्रेष्ठले जानकारी दिएक । अगष्ट १०, ११ र १२ तारिख (साउन २६, २७ र २८ गते) तीन दिन उम्मेद्वारी फिर्ता गर्ने समय तोकिएको छ ।

१३ तारिख (साउन २९ गते) अन्तिम नामावली प्रकाशन गरिने छ । अन्तिम नामावली प्रकाशनपछिको समय अवधिमा सहमतीको प्रयास हुने निर्वाचन समिति संयोजक ओम गुरुङको भनाई छ । सर्वसम्मत हुन नसकेका पदहरुमा सेप्टेम्बर ३ तारिख (भदौ १८ गते) निर्वाचन हुने छ । १० तारिख (भदौ २५ गते) नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण सहित पदभार हस्तान्त्रण/ग्रहण गर्ने निर्वाचन कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung