२ जेष्ठ २०८१, बुधबार

 

युवालाई उत्पादन र श्रमसँग जोडेर मात्र मुलुकको आर्थिक समृद्धि : मन्त्री केसी

युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले अव आर्थिक समृद्धिको अभियानमा लाग्नुपर्ने बताएका छन् । बागलुङ बाजारमा आयोजित छैठौं सांस्कृतिक खेलकुद तथा तीज महोत्सबको उद्घाटनमा उनले समृद्धिको अभियानमा युवाको भुमिका महत्वपुर्ण हुने बताए ।

उनले लोकतान्त्रिक आन्दोलनको अध्याय सकिएकाले मुलुको समृद्धको लागि हरेक युवाहरुलाई उत्पादन र श्रमसंग जोड्नुपर्नेमा जोड दिए । उनले भाषण गरेर मात्र विकास प्रगती नहुने भन्दै आफुले व्यवहारिक सुधारको काम गर्ने बताए । खेलकुदको क्षेत्रमा आवश्यक सुधान गर्न आफु प्रतिबद्ध रहेको बताए ।

रुद्रेपिपल युवा क्लबले आयोजना गरेको मेला साउन ३१ गतेसम्म चल्ने छ । मेला अवधिभर राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मेलामा सांस्कृतिक कार्यक्रम, महिला तथा पुरुष भलिवल, तीज गित प्रतियोगिता गरिनेछ । मेलामा व्यवासायी स्टल सहित रमाईलो मेला र विभिन्न खानाका परिकार पाईने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्