सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजनामा राष्ट्रिय विभुति दिवस मनाईएको छ । राष्ट्रिय विभूति अमरसिंह थापा र भीमसेन थापाको जन्मोत्सवको अवसरमा उक्त कार्यक्रम गरिएको बताईएको छ ।
कार्यक्रम समुदघाटन पछि बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले बगाले थापाको ईतिहाँसलाई अनुसरण गर्दै देश र समाजको विकासको लागि बन्धुहरुको योगदान हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का क्षेत्रिय पार्शद थम्मन थापा सन्देश, जिल्ला समन्वय समितिका सदस्य दल बहादुर थापा, बगाले थापा समाजका केन्द्रिय प्रतिनिधी छुम बहादुर थापा, गलकोट नगरपालिका ७ का वडा सदस्य तथा संस्थाका पुर्व कोषाध्यक्ष लोक बहादुर थापा, संस्थापक अध्यक्ष दुर्गा बहादुर थापाले शुभकामना मन्तव्य राखे ।

सो अवसरमा राष्ट्रिय विभुतिहरु बडाकाजी अमरसिंह थापा, भीमसेन थापा, माथवरसिंह थापा, नयनसिंह थापा, उजिरसिंह थापाको तस्विरमा फूलमाला अविरद्वारा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा आगामी दिनमा समाजलाई कसरी अगाडि बढाउने, बन्धु एकता, सामाजिक विकास लगायतको विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।
जन्मोत्सव दिवस सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष ज्ञान बहादुर थापाको स्वागत र सचिव केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका बगाले थापा बन्धुहरुको उपस्थिति रहेको थियो । समाजले राष्ट्रिय विभुतिहरुको सम्झनामा जन्मोत्सवको अवसरमा प्रत्येक वर्ष कार्यक्रम गर्दै आईरहेको छ ।



















































































































































































































