
समयमै उपचार नपाएर बागलुङमा एक २० बर्षीय सुत्केरी महिलाको ज्यान गएको छ । शनिबार राती ८ बजे घरमै सुत्केरी भएकी बडीगाड गाउँपालिका–७ सैरेनिकी हिमा घर्तीको सुत्केरी भएपछि ज्यान भएको हो ।
सुत्केरी भएपछि उनको साल नझरेको र उपचारका लागि तत्काल स्वास्थ्यकर्मी पु¥याउन नसक्दा मृत्यु भएको जनाईएको छ । उनले जन्माएको बच्चा (छारा) को अवस्था सामान्य रहेको छ । स्वाथ्यसंस्थामै सुत्केरी सेवा लिनुपर्ने संवेदनशिलतालाई ख्याल नगर्दा उपचार अभावमा उनको ज्यान गएको देखिन्छ ।
वच्चा जन्मेपछि पनि उनलाई सुत्केरी व्यथाले छोडेन । साल पनि झरेन । दुई घण्टापछि उनको मृत्यु भयो । यातायातको असुविधाले तत्काल स्वास्थ्यकर्मी घरमा ल्याउन नसकिएको परिवारजनाले जनाएको छ ।
उनले भिमगिठे माविमा कक्षा १२ मा पढ्थिन् । उनका श्रीमान तिलक घर्ती वैदेशिक रोजगारीमा जाने तयारीमा काठमाण्डौमा छन् । उनको मृत्युले एकातिर परिवारजन र आफन्त सोकमा डुवेका छन् । नवजात शिशुको स्याहार र लालन् पालन् कसरी गर्ने भन्ने अर्को समस्या बल्झिएको छ ।