७ जेष्ठ २०८१, सोमबार

 

बागलुङमा जेशीज सप्ताह शूरु

हरेक बर्ष आयोजना हुँदै आएको जेसीज सप्ताह २०१७ बागलुङ जेसीजले आज शनिवार देखि शुरु भएको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर सप्ताहव्यापी कार्यक्रमबारे जेसीजले जानकारी गराएको हो । कार्यक्रम अनुसार शनिवार बिहान ८ बजे सप्ताहको उद्घाटन भएको छ । आज मालढुङ्गाको प्रवेशद्वारमा स्वागत बोर्ड व्यवस्थापन कार्यक्रम गरिएको सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक मनोज कुमार विकले बताउनुभयो ।

त्यस्तै आइतबार वाकाथुन कार्यक्रम राखिएको छ । शान्ति दौड तथा टिशर्ट वितरण मार्फत कोष संकलन कार्यक्रम गरिने वाकाथुनबाट संकलित रकमलाई बाढी पिडितलाई वितरण गरिने समेत बताइएको छ । त्यस्तै स्व.सत्यादेवी स्मृति स्लो बाई रेश प्रतियोगिता सोमबार आयोजना गरिएको छ ।

मंगलवार अन्तर विद्यालय नृत्य प्रतियोगिता, मंगलवार मैत्रीपूर्ण फुटसल प्रतियोगिता समेत राखिएको छ । पत्रकार महासंघसँग खेलिने प्रतियोगिताका लागि शुक्रवारै आमन्त्रण पनि गरिएको हो । त्यस्तै बुधवार जेसीज गाउँ भकुण्डेमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ भने स्व। प्रगती स्मृति अंचल स्तरीय वक्तृत्वकला प्रतियोगिता र समापन कार्यक्रम आगामी बिहिवार गरिने भएको हो । भदौ १६ गते जेसीज संगम तथा समिक्षा सहित कार्यक्रम सम्पन्न हुने बताइएको छ ।

युवाहरुको क्षमता विकास गर्ने तथा सही मार्गमा हिडाउने अभियानका लागि जेसीजको नेतृत्वदायी भूमिका रहदै आएको छ । साथै युवाहरुलाई नेतृत्वमा पु¥याउनका लागि पनि यस्ता अभियान संचालन गरिदै आएको अध्यक्ष जोहन बज्राचार्यले बताए । जेसीजले जहिले पनि शासन व्यक्तिको नभई विधिको हुनुपर्ने माग गर्दै आएको छ । पत्रकार सम्मेलनको संचालन बागलुङ जेसीज २०१७का महासचिव बल बहादुर थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्