आदर्श सञ्चार सहकारी संस्था बागलुङले सञ्चालन गरेको सामाजिक सुरक्षा तथा दैवीप्रकोप राहतकोषबाट संस्थाका शेयर सदस्य देबेन्द्र बहादुर खड्काको परिवारलाई राहत रकम प्रदान गरेको छ ।
संस्थाले आइतबार एक कार्यक्रमको आयोजना गरि मृतक परिवारलाई क्रियाखर्चका लागी ५ हजार रकम हस्तान्तरण गरेको हो । संस्थाका शेयर सदस्य देबेन्द्र बहादुर खड्काका पिता टिका बहादुर खड्काकाको मृत्यु भएकाले राहत रकम स्वरुप ५ हजार परिवारका सदस्य मैया खड्कालाई संस्थाले प्रदान गरेको थियो । संस्थाका शेयर सदस्यका पिता टिकाबहादुर खड्काको निधन प्रति समवेदना प्रकट गर्दै संस्थाले शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्दै श्रद्धान्जली प्रकट गरेको थियो । संस्थाका सम्पुर्ण शेयर सदस्यबाट हरेक दिन १ रुपैया संकलन गरि सदस्यका परिवारका सदस्यको मृत्यु लगायत विपत्तीमा परेको समयमा सहयोग गर्ने गरी कोष स्थापना गरेको संस्थाका संम्पादक रामबहादुर जि.सि.ले जानकारी दिनुभयो । संस्थाका सल्लाहकार मनकुमारी के.सी., उपाध्यक्ष हुमाकुमारी जि.सी ,सचिव प्रेम लामिछाने,सह–सचिव ललिता थापा, कोषध्यक्ष अनन्तबहादुर खड्का, लेखा समीती संयोयजक मिलन खड्का लगाएतले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अमर बहादुर थापाको समापन मन्तव्य तथा थापाका समापन मन्तव्य र संस्थाका सम्पादक राम बहादुर जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो । मृतक टिका बहादुर खड्काको ८५ बर्षको उमेरमा निधन भएको थियो ।







































































































































































































