गलकोट समाज जापानले बाढीप्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
बाढी आाएको ३ दिनमै प्रभावित मुख्य स्थानमा ५ लाख बराबरको राहत सामग्री बाँढेको गल्कोट समाज जापानले फेरी स्वास्थ्य शिविर गरेको हो ।

निशुल्क स्वास्थ्य सिविरमा ९२० जनाले प्रत्यक्ष लाभ लिएको जनस्वास्थ्य बिशेषज्ञ तथा साहित्यकार डा. रबिन्द्र समीले जानकारी दिए । उनीसहित ५ जना स्वाथ्यकर्मीको टिमले सेवा दिएको थियो ।
महोत्तरी जिल्लाको लोहारपट्टी तथा धमौराको बीचमा रहेको अति बिपन्न मुसहर बस्तीमा जनस्वास्थ्य बिशेषज्ञ तथा साहित्यकार डा. रवीन्द्र समीरको टोलीले दुई दिने शिविर गरेको हो ।
पहिलो दिन ४५० जना तथा दोस्रो दिन ४७० जना बिरामीलाई स्वास्थ्य परिक्षण, निशुल्क औषधि वितरण, सरसफाईका सामान तथा पोषणको प्याकेज वितरण गरेको थियो ।
१७० झुपडीमा कष्टकर जीवन बिताएका हजारौं मुसहर गरिबी तथा चेतनाको अभावको कारण बालबिबाह, बर्षेनी सन्तान, अशिक्षा तथा स्वास्थ्यको पहुँच बाहिर रहेको तथ्य निकै पीडादायी छ ।
ज्वरो, झाडावान्ता, छालाको रोग लगायतका सरुवा रोग तथा कुपोषणको कारण ९० ५ भन्दा बढी मुसहर समुदाय रोगले पिडित रहेको डा. समिरले बताए ।
उनले जापानमा रहेका गलकोट समाजका सहयोगी हातहरुले औषधि, पोषण लगायतका साधन उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।
बाहिरि प्रचार नगरी आन्तरिक रुपमा संकलित आर्थिक सहयोगमा अन्य २ सस्था (गल्कोट स्पोर्ट्स क्लब जापान र बलेवा सेवा समाज जापान) सहित करिब १०० जनाको सहयोग सहभागिता रहेको छ । समाजले यस अधि पनि आन्तरिक आर्थिक स्रोत जुटाएर राहत वितरण गरेको र यो पटक पनि आन्तरिक सम्पर्क र समन्वयमार्फत सहयोग रकम संकलन गरेको गलकोट समाज जापानको उपाध्यक्ष भवानी पन्तले जानकारी दिए ।

गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले समाजको यो अभियानमा सहभागी भै सहयोग गरेका सवैलाई धन्यवाद दिएका छन् ।
जापानमा रहेका गल्कोटेहरुको साझा सस्था गल्कोट समाज जापान सामाजिक क्षेत्रमा एक सक्रिय नाम हो । विदेशमा नेपालीलाइ समस्या परेका बेला वा नेपालमा बिपत पर्दा सक्रियता दिने संस्था हो, गल्कोट समाज जापान । मानवीय सेवा र सामाजिक विकास भन्ने मूल नारा बोकेको संस्थाले स्थापनाकालदेखि अहिलेसम्म धेरै समाजिक काम गरेको छ ।

















































































































































































































