नेपाली काँग्रस निकट नेपाली जनसम्पर्क समिति जापानले सप्तरीको राजविराजका बाढी प्रभावितलाई अनिवार्य आवश्यकताका सामग्री प्रदान गरेको छ । पुर्वस्वास्थ्य मन्त्री तथा नेपाली काँगे्रसका युवा नेता गगन थापाले सुरु गरेको ‘मायाले भरिएको बाल्टीन अभियान’ अन्तरगत समितिले विभिन्न सामग्री प्रदान गरेको हो ।
राजविराज नगरपालिका–१ को पडरियाका ५० घरपरिवारलाई १ लाख ८० हजार बराबारको सामान दिएको नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष डीपी कँडेलले जानकारी दिए ।
मायाँले भरिएको बाल्टीनमा चामल, दाल, तेल, ब्रस, टुथ पेष्ट, सिटामोल, सावुन, टर्च लाईट, पियुस मस्क्विटो क्वयल, गम्छा, ब्लाङ्केट, मग जस्ता आधारभुत अवश्यकताका सामान राखेर दिईएको हो ।

अध्यक्ष डीपी कँडेल
नेता गगन थापाले थालेको अभियानमा नेपाली जनसम्पर्क समिति जापान पनि साझेदार बनेको नेपाल विद्यार्थी संघका नेता डिल्लीराम सुवेदीले जानकारी दिए ।
बागलुङको बलेवा स्थायी घर भएका सुवेदीका अनुसार अभियानको टिमसँगै राजविराज पुगेर समिति मार्फत प्राप्त सामग्री बाढी प्रभावितलाई प्रदान गरिएको हो ।
नेपालीलाई परेको विपतमा परदेशी भुमिबाट समेत सहयोग गर्न पाएकोमा खुसी लागेको जनसम्पर्क समितिका अध्यक्ष कँडेलले बताए ।

‘नेपालमा बिपत आईलागेका बेला सानो भएपनि सहयोग गर्न पाएकोमा हामी खुसी छौँ,’ विहुँ स्थायी भर भई अहिले जापानमै रहेका कँडेलले फोनमा भने, ‘देश दुख्दा हामीलाई पनि पिडाबोध हुन्छ, यहिँबाट भएपनि साथीहरु मार्फत सामान पठाएर पडरियाका प्रभावितलाई मलम लगाउने प्रयास गरेका हौँ ।’
उनका अनुसार नेपाली काँग्रसले चलाएको बाढी प्रभावित राहत कोषमा समेत समितिले १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।













































































































































































































