४ श्रावण २०८३, सोमबार

 

मालढुङ्गामा निशुल्क स्वास्थ्य शिविर

बाग्लुङमा क्रियासिल कोरियाली स्वयंसेवक समुह, कन्सर्न नेपाल, लाईफ वल्र्ड कोरिया र रोटरी ईन्टरनेशनल डिस्र्टीकको सहयोगमा मालढुङ्गबासीका लागि निशुल्क स्वास्थ्य शिक्षा सिविर गरेको छ ।
सो ६२ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

कार्यक्रममा ब्रस टुथपेष्ट, नुहाउने साबुन, महिलाका लागि सेनिटरी प्याड झोला लगायतका स्वास्थ्य सामग्री निशुल्क वितरण गरिएको कन्सर्न नेपालका चक्रबिर थापाले जानकारी दिए ।

कार्यक्रममा रोटरी क्लव अफ बागलुङ्गका अध्यक्ष पुर्ण बहादुर केसीले समुदयामा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनका लागि यस्ताखाले कार्यक्रमको आयोजना गरिएको बताए ।

सो अवसरमा रोटरी क्लव अफ बागलुङ्गका सचिव ओम प्रकाश शर्मा, जिल्ला प्रहरी कार्यालय सरोज श्रेष्ठ,सयपत्रि हस्तकलाका प्रशिक्षक सिता सुनार लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बारे कोईका प्रतिनिधी मायांले प्रकाश परेकी थिईन् । कार्यक्रम कन्सर्न नेपाल बागलुङ्गका अध्यक्ष केबी साहीको अध्यक्षता र सदस्य चक्रबिर थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung