१० कार्तिक २०८३, सोमबार

 

चाड पर्वमा प्रहरीले विशेष सुरक्षा योजना लागू गर्ने

प्रहरीले दशैँ, दिपावली, मोहरम र छठ पर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको मौका पारेर हुने लुटपाट, चोरी, जुवातास, दुर्घटना लगायतका घटना नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख अर्जुनध्वज अधिकारीले कार्ययोजना बनाएर प्रहरी अगाडि बढेको बताए ।

चाडपर्वका लागि प्रहरी परिचालन, गस्ती र चेक जाँचलाई कडा गरिएको अधिकारीलले बताए ।अधिकारीका अनुसार मध्यपहाडी लोकार्गमा यात्रु सुरक्षाका लागि हटिया, नरेठाटी, डाडाँखेत, आगाँखेतमा बिशेष ध्यान दिईने बताए । दशैँको मौकामा सरकारी कार्यालय, बैँक तथा वित्तिय संस्थामा हुन सक्ने सम्भावित चोरी, लुटपाट नियन्त्रणका लागि विशेष सुरक्षा ब्यवस्था मिलाइएको उनको भनाई छ ।

अवैध मदिरा उत्पादन र बिक्री, वितरण नियन्त्रणमा प्रहरी परिचालन गरिएको उहाँले बताए । चाडपर्वमा अवैध मदिरा, रक्सीमा अत्याधिक बिक्रि बितरण हुने हुँदा नियन्त्रण गर्न विशेष ध्यान दिएको बताए । सवारी साधन दुर्घटना न्युनिकरण गर्नका लागी सवारी साधनमा अत्याधिक सामाग्री र यात्रु राख्न नदिने, राखेमा आवश्यक कार्वाहि अगाडि बढाउने बताए । अधिकारीका अनुसार जुवातास नियन्त्रणको लागि स्पेशल टिम नै खटाइएको छ ।

चाडपर्वमा हुने अपराध, चोरी, लुटपाट, ठगी, सवारी दुर्घटना नियन्त्रणको लागि सादा पोशाकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । उनले चाडपर्वलाई लक्षित गरि स्थानियलाई बिशेष ख्याल गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung