३ श्रावण २०८३, आईतवार

 

बुर्तिबाङ र गलकोटमा विद्यार्थी स्वागत कार्यक्रम

गलकोट माद्यामिक बिद्यालय हटियामा नवआगन्तुक बिद्यार्थी स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिरजंग भण्डारीले पछिल्लो समय गलकोट क्षेत्रबाट युवा पुस्ताहरु वैदेशिक रोजगारीमा जाने क्रम तिब्र रहेको भन्दै यसलाई रोक्नुपर्ने बताए ।

उहाँले एसईइ पास गरेपछि केहि मात्रमा ११, १२ अध्ययन गर्ने गरेको र ११, १२ अध्ययन गरे पनि त्यसभन्दा माथि अध्ययन गर्नेको संख्यामा कमि हुदै गरेको बताए । अहिलेको समयमा आफना बुबा आमा विदेशमा भएपछि छोराछोरी लैजाने प्रबृति बढेकाले पढाईप्रति बिद्यार्थीको

चासो घटेको भण्डारीको भनाई छ ।

कार्यक्रममा गलकोट माध्यामिक बिद्यालयका प्रधानाध्यापक देबेन्द्र खत्री, शिक्षकहरु राम बहादुर खत्री, राम बहादुर केसी लगायतले शुभकामना मन्तब्य राखेका थिए । सो अवसरमा कक्षा १२ का बिद्यार्थीले कक्षा ११ का नवआगन्तुक बिद्यार्थीहरुलाई फुलमाया र अबिरले स्वागत गरिएको थियो। कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर भण्डारीको अध्यक्षता, बिद्यार्थी सुषमा बोहोराको स्वागत मन्तब्य, विद्यार्थी मिन बुढाथोकि र सुमन विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै ढोरपाटन नगरपालिका–१ मा रहेको उत्तरगंगा माध्यमिक बिद्यालयमा कक्षा १२ का विद्यार्थीद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा गठित अनुशासन समितिका अध्यक्ष घनश्याम चालिसेको अध्यक्षता , विद्यालयका प्रधानाध्यापक धन बहादुर कुवंरको पं्रमुख आतिथ्यता , शिक्षक ईश्वरी प्रसाद पौडेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई अविर फुलमाला तथा विभिन्न गीत तथा नृत्यका साथमा स्वागत गर्दै उज्वल भविष्यको कामना गरेका थिए ।

स्वागत तथा शुभकामना मन्तब्य व्यक्त गर्दै प्रमुख अतिथी कुवंरले चारै तिरबाट छरिएर यहाँ पढ्न आएका बिद्यार्थीहरुले आफ्नो बाबा आमाको पसिना र लगानीलाई खेर जाना दिन नहुने बताउदै अनुशासित र लगनशील भएर उच्च शिक्षा हासील गर्न तर्फ उन्मुुख हुन विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा शिक्षक कुलपति सापकोटा , शिक्षिका गिता कुमारी खनाल , कक्षा १२ का तर्फबाट लक्ष्मी अर्गेजा , सदाम हुसेन लगायतले स्वागत मन्तब्य तथा कक्षा ११ का यामु रसाईली र जीना भण्डारी ले धन्यबाद दिएका थिए । पहिलो दिन छात्रछात्रा भलिबल प्रतियोगिता भएको थियो ।छात्र तर्फको भलिबलमा जिवन भण्डारीको समुह प्रथम, योगेस विकको समुह द्धितिय र छात्रा तर्फ बशन्ती हर्मेलको समुह प्रथम र कुसुम घर्तीको समुह द्धितिय भएका थिए । त्यस्तै छात्र तर्फको लमजम्पमा सुनिल विक प्रथम र योगेन्द्र विक द्धितिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung