
परिचय गराएकोमा धन्यवाद जेनी , यहाँ उपस्थित सबैलाई न्यानो स्वागत साथै धन्यवाद । लेकसाइटको यस खेलमैदानमा मेरो यसरी भव्य स्वागत हुन्छ भन्ने कुराको मैले कल्पना समेत गरेको थिइँन ।
जब म कक्षा ६ मा पढ्थे , मेरा आमा बुवाले मलाई स्कुलमा भर्ना गरिदिए । त्यस बेला यस स्कुलमा सबै केटा मात्र पढ्थे । त्यस बेला हामीले शिक्षकलाई मास्टर भन्नु पथ्र्याे र हामीले त्यस बेला ज्याकेट र टाइ लगाउँथ्यौँ । मैले आफुले सक्दो मेहनत गरेका थिएँ तापनि म प्रवेश परीक्षामा फेल भएँ भन्ने कुराको कल्पना पनि गरे । भाग्यवश म पास भँए । अहिले म यहाँ भन्छु कि आमा बुवा तपाईहरु सही हुनुहुन्थ्यो ।
मैले यस लेकसाइडको बारेमा भन्न पाउँदा अति नै खुसी छु । म आज जुन स्थितिमा आइपुगेको छु , यसमा यस स्कुलको ठुलो हात रहेको छ । मैले यही नै माइक्रोसफ्टको बारेमा यसको लागि तयारी गरे । म यस स्कुलमा कक्षा सातमा भर्ना भएको थिएँ , जुनबेला यहाँ एउटा कम्प्युटरमा धेरैजना मिलेर काम गर्थे । निश्चय नै त्यतिबेला सबैका लागि कम्प्युटर एउटा नयाँ कुरा थियो । एउटा शिक्षकले कम्प्युटर कक्षा संचालनका लागि दुई सय डलरसम्म विद्यालयले बेहोर्नुपथ्र्याे । स्कुल बिदा हुन्थ्यो , त्यसबेला कसले कम्प्युटर चलायो अति नै सचेतनाका साथ निगरानी गरिन्थ्यो ।
पाउल एलेनले यहाँ मलाई कम्पनी खोल्नलाई सहयोग गरे । त्यस बेला हामीसँग कोही साथमा थिएनन् । कम्प्युटर हरेक घर र अफिसमा पुग्छ र सफ्टवेयरको पनि त्यतिकै महत्व हुन्छ भन्ने कुराको विश्वास हामीलाई थियो । अन्ततः यो भयो पनि । यो हाम्रो सफलता थियो । परिणाम स्वरुप म र मेरो पत्नी हाल परोपकारी कायमा संलग्न छौ । हाम्रो उद्देश्य र चाहना के थियो भने अरुको सेवा गर्नु । हाम्रो फाउन्डेसनले त्यस्तो मौका जुटाउँदै आएको छ । अमेरिकाको विद्यालय स्थितिलाई मध्यनजर गरी त्यसमा सुधार ल्याउनको निम्ति मैले सक्दो सहयोग दिएँ र धेरै हदसम्म सफल भयो पनि । शिक्षाको सुधारको लागि मैले तीनवटा च् को प्रतिपाद गरे । जसलाई अमेरिकामा अहिले शिक्षाको सुधारको आधारको रुपमा लिइन्छ ।
पहिलो ‘R’– Rigor (स्तर) यस अन्र्तगत विद्यार्थीलाई कठिन पाठ्यक्रम दिइन्छ जसलाई उनीहरुले सामना गर्नुपर्ने हुन्छ ।
दोस्रो ‘R’ _ Relevence (सान्दर्भिकता), विद्यार्थीहरुलाई आफ्नो जीवन र व्यवहारसँग सम्बन्धित कोर्ष वा परियोजना दिइन्छ ।
तेस्रो ‘R’_ Relationship (सम्बन्ध) , बाहिरी मानिसहरुसँग घुलमिल हुने , समाजमा स्थापित हुने र केही पाउन उनीहरुलाई मानिसको माझामा लैजाने ।
मेरो लेकसाइड स्कुलको अनुभव रिगर हो । त्यहाँ धेरै प्रकारका शिक्षकहरु थिए र तिनीहरु मकहाँ आउँथे । एन स्टेफेन अंग्रजी शिक्षिका थिइन् । म उनको कक्षामा हुन्थे । त्यहाँ म हरेक किताब दुई पटक पढ्थे । म कक्षाकोठाको सबैभन्दा पछाडि बस्थे र मैले कुनै पनि प्रश्नको उत्तर दिन कहिल्यै हात उठाइन । एकदिन उनले भनिन् बिल यी मेरो अति नै मन पर्ने दशवटा पुस्तकहरु हुन् । यसलाई पढ । यो मेरो कलेजको शोधपत्र हो । तिमीले यसलाई पढ्नुपर्छ । तिनले मलाई पढ्नका लागि धेरै कर गरिन् तर मलाई साहित्यमा रुची थिएन । मलाई रसायनशास्त्रमा पनी रुची थिएन, मसगँ अति नै राम्रो यस विषयसँग सम्बन्धित शिक्षक थिए ।
रिलिभेन्स पनि मेरो लेकसाइड स्कुलको शिक्षाको ठुलो उपलब्धी थियो । स्कुलमा हामीलाई शिक्षकले ठुलो मेहनतका साथ पढाउने काम गर्थे , उदाहरणको रुपमा भन्नुपर्दा निश्चय नै कम्प्युटर रिलिभेन्स हो । जब म कम्प्युटर चलाउन बस्थे ,त्यसको वरीपरी मानिसहरु हेर्न जम्मा हुन्थे र कराँउथे ए तिमीले यो गल्ती ग¥यौ , अर्थात कति समय लगाएको ? जस्ता कुरालै ठुलो हल्ला हुन्थ्यो । त्यहाँ शान्तपुर्वक कसैले कम्प्युटर चलाउन सक्दैनथ्यो । गल्ती नहोस् र अरुले कति जान्ने भनाउनको लागि नै म त्यस सम्बन्धी पुुस्तक पढ्थे । जसको उपलब्धि सफ्टवेयरको निमार्णमा काम लाग्योे । यो एक किसिमको उपलब्धी हो ।
स्कुल पढ्दा मेरो शिक्षकहरुसँग राम्रो सम्वन्ध थियो । यो राम्रो वातावरणको निम्ति आवश्यक पनि हुन्छ । तिमीले आफ्नो शिक्षकलाई आफ्नो विषयमा राम्रो गर्न सदैव प्रोत्साहित गरीरहनु पर्दछ । कस्तो संयोग , यो स्कुलले हामीलाई परोपकारी बनायो, मानवतावादी बनायो र त्यही परोपकारी भावना अहिले यस स्कुलले पाएको छ । सहयोगका धेरै रुप छन् , तर म यस स्कुलमा तिनै तीनवटा ुच्ु को आधारमा सहयोग गर्न चाहन्छु ।
मेरो विचारमा यस स्कुलले राम्रो शिक्षाको प्रबन्ध गर्न सक्छ । त्यसैले यस स्कुलमा आर्थिक अनुदानको कार्यक्रम अति उत्तम हुनेछ । स्कुलको आर्थिक स्थिति राम्रो छ भने हामीले राम्रा विद्यार्थीलाई आकर्षण गर्न सक्छौ । २१ औ शताब्दीका लागि यी दुवै अत्यावश्यक छ । यस स्कुलले मलाई पहिलो पटक कम्प्युटर दियो । यसको बारेमा सिकायो साथै मलाई नै कम्प्युटर कार्यक्रम बनाउन पैसा दियो । यदि यो स्कुल नभएको भए न त आज माइक्रोफ्ट हुने थियो, न त म अहिले यहाँ हुने थिएँ । त्यस कारण यस स्कुलले म प्रतिगरेको व्यवहार र लगानीलाई म धन्यवाद नदिइ रहन सक्दिनँ ।
अन्ततः विश्वमा नेतृत्वको आवश्यकता छ र मलाई विश्वास छ त्यो नेतृत्व यस स्कुलबाट निस्कने छ , त्यसैले पनि म यस स्कुललाई सहयोग गर्छु ।
लेकसाइड स्कुलका विद्यार्थीलाई अल्पविकसित देशहरुमा पठाएर त्यस देशका मान्छे र तिनीहरुले सामना गरेको समस्याप्रति सिकाउन भएकाले म ग्लोबल सर्भिस लर्निङ प्रोग्रामप्रति अति उत्साहित भएको छु । मलाई आत्मादेखि नै विश्वास छ , यसबाट विद्यार्थीहरुले धेरै कुरा सिक्न सक्छन् र उनीहरु परिवर्तन हुनेछन् ।
विश्वमा अति नराम्रा तथा ज्यादै दुखान्त घटनाहरु दिनानुदिन घटिरहेका छन् । तर वास्तवमा नै हामीले त्यस्ता घटनाहरुलाई प्रत्येक्ष रुपमा देखेका छैनौ र त्यस्ता दुखी व्यक्तिहरुसँग भेटेको पनि छैनौ । संसारमा त्यस्ता मानिस नहुन भन्नको खातिर हामीले यस्ता केही काम गरिरहेका छौ । दैविक प्रकोपका कारण आज विश्वमा धेरैको ज्यान गइरहेको छ , त्यसको लागि हामी सबैले मिलेर काम गर्नुपर्र्ने हुन्छ ।
स्वास्थ्यको क्षेत्रमा यसरी नै हामी सबै मिलेर काम ग¥यौ भने धेरैको ज्यान बचाउन सकिन्छ । स्वास्थ्यको क्षेत्रमा के कारणले असमानता भइरहेको छ त्यसलाई हेर्न आवश्यक छ । र सहयोगी हातहरु बढाउनु आवश्यक छ । हामीले आर्थिक कारण र राष्ट्रिय सुरक्षाको कारण यस्तो गुर्नभन्दा मानवीय आधारमा यस्तो सहयोग गर्नु आवश्यक छ । म भोलिको भविष्यप्रति आशावादी रहेको छु । अन्त्यमा म के भन्न चाहन्छु भने अरु पनि यसप्रति उत्साहित बनुन । हाम्रो सहयोगबाट यस स्कुलले प्रगतिको बाटोलाई समाउँदै अझ राम्रा विद्यार्थी जन्माउन सकोस् , जसले विश्वलाई परिवर्तन गर्न सकोस् । धन्यवाद ।
(विल गेट्सले एउटा कार्यक्रममा दिएको भाषणं)