७ जेष्ठ २०८१, सोमबार

 

‘बाराही जंगल लज’लाई लिडिङ वाइल्डलाइफ होटल-रिसोर्ट अवार्ड

चितवन स्थित बाराही जंगल लजले दक्षिण एसियाकै उत्कृष्ट पर्यटन पुरस्कार लिडिङ वाइल्डलाइफ होटल÷रिसोर्ट अवार्ड प्राप्त गरेको छ । संस्थालाई माल्दीप्सको राजधानी मालेमा हालै सम्पन्न साउथ एसियन ट्राभल अवार्ड(साटा) समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।संस्थाले यसै वर्ष प्रदान गरिएका लिडिङ वाइल्डलाइफ होटल/रिसोर्ट, लिडिङ इको होटेल/रिसोर्ट र लिडिङ लक्जरी होटेल/रिसोर्ट गरी ३ विधामा राष्ट्रिय स्तरका पर्यटन पुरस्कार समेत जितेको छ ।

लजका संस्थापकतथाअध्यक्ष हरिप्रसाद पौडेलका अनुसार अवार्ड प्राप्ति संस्थाको व्यावसायिक जीवनकै एक महत्वपूर्ण कोशेढुंगा हो । आगामी दिनमा व्यवसायलाई थप उचाईमा लैजान अवार्डबाट प्रेरणा मिलेको पनिपौडेलले प्रतिक्रिया दिए । यो उपलब्धीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वदेशी तथा विदेशी पाहुनाहरुका साथै व्यावसायिक साझेदारहरु तथा कर्मचारीहरुप्रति समेत संस्था कृतज्ञ रहेको भनाई उनको थियो । ‘अवार्ड प्राप्तिबाट थप मेहेनत गर्ने, अझै उत्कृष्ट आतिथ्यता प्रदान गर्ने तथा दीगो पर्यटनलाई बढावा दिने काममा प्रेरणा मिलेको छ,’ उनले भने ।

साथै संस्थाले दीगो विकास र वातावरणीय तथा सामाजिकएवं सँस्कृतिक विकासमा अहिले गरिरहेको कामलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए । बाराही जंगल लज चितवन जिल्लाको मेघौली स्थित राप्ती नदी किनारमा रहेको थारु बस्तीमा अवस्थित जंगल लज हो । यसले आन्तरिक एवं वाह्य पर्यटकलाई नदीका दुबै किनारबाट देखिने चितवन राष्ट्रिय निकुञ्ज तथा राप्ति किनारका मनमोहक दृष्यको अवलोकन गराउ“छ । लजको भित्रीएवं बाहिरी सजावटले नेपालका थारु जातीको मौलीक संस्कृतीका महत्वपूर्ण पक्षहरुस“ग पर्यटकलाई परिचित गराउ“छ । कुल २० विघा क्षेत्रफलमा फैलिएको यो लजमा ३४ वटा पूर्ण सुविधा युक्तकोठा तथा एक सुइटसमेत रहेको छ । सबै कोठाहरुमा अलगअलग बाल्कोनी रहेका छन्, जहा“बाट चितवन राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्यको आनन्दलिन सकिन्छ । लजले आयुर्वैदिक उपचारसहितको गुणस्तरीय स्पा र इन्पिनिटी पुलको सेवासमेत उपलब्ध गराउ“दै आएको छ ।

पर्यटकलाई प्रकृति र मानवबीचको अतुलनीय सम्बन्धस“ग थप परिचित गराउ“दै आएको यस लजले पर्यटकलाई जीप सफारी,डुंगा सफारी, जंगलको पैदलयात्रा तथा हात्ती सफारीको अनुभव पनि दिलाउने रिसोर्टले जनाएको छ ।

यसैगरी लजले स्थानीय थारु समुदायको मौलिक कला, शिप र स“स्कृतिस“ग समेत पर्यटकहरुलाई साक्षात्कार गराइरहेको छ । संस्थाले सेवा व्यवसाय संचालनका क्रममा स्थानीय रोजगारी समेत सृजना गरेको छ। लजकाकुल ९० प्रतिशत कर्मचारी स्थानीय समुदायका छन् । यसका साथै व्यासायिक क्षेत्रको सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा बाराही जंगल लज स्थानीय विद्यालयतथा समुदायको स्तरोन्नतीमा सहयोग तथा वातावरण संरक्षणका कार्यमा समेत संलग्न छ ।

सन् २०१५ मा पर्यापर्यटन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ट्राभल अपरेटर्स फर टाइगरले यो संस्थालाई उत्कृष्ट पर्यामैत्री जंगल लजका रुपमा प्रमाणित समेत गरेको छ । बाराही जंगल लज पोखरास्थित होटल बाराहीको व्यावसायिक विस्तार हो । सन् २०१३ को सेप्टेम्बर १ देखि सेवा सुरु गरेको यो संस्थाले स्वदेशी तथा विदेशीसमेत गरी हालसम्म २० हजार भन्दाबढी पर्यटकलाई सेवाप्रदान गर्दै मुलुकको पर्यटन विकासमा उल्लेखनीय योगदान गरेको छ । संस्थाको सेवा विशेषतःउच्चस्तरीय पर्यटकप्रति लक्षित छ । आगामी दिनमा मुलुकका अन्य पर्यटन गन्तव्यहरुमा समेत पर्यटन सेवाविस्तार गर्ने योजना संस्थाको रहेको पौडेलले बताए ।

सावधान दैनिक बाट

प्रतिक्रिया दिनुहोस्