लेनिनको परिवारले सादा खाना खान्थे र साधारण लुगा लगाउँथे । एस वाई कोकोरेभ जो क्रमलीनको मेसिनगन चलाउने स्कुल छात्र थिए उनी प्राय लेनिन बस्ने कोठामा आउने गर्थे । एक चोटि लेनिनको कोठा रेखदेख गर्ने महिलाले छात्रसँग गुनासो गर्दै भनिन सोच्नुस त सारा देशको बन्दोबस्तको जिम्मा लिने व्यक्ति लेनिनको एउटा नयाँ सुट पनि छैन ।
मेरो बाँकी जीवन यो थोत्रो र पुरानो कोटको मर्मत गर्दै जाने भो । यो सुनेर लेनिन ठूलो स्वारमा हाँस्दै भने पिर नलिनुस जब हाम्रो देश धनी हुने छ त्यतिबेला मैले पनि एउटा नयाँ सुट किन्ने छु र त्यति बेला तिमी मेरो पुरानो कोट रेखदेख गर्नबाट मुक्त हुने छौ । लेनिनको श्रीमती क्रुप्सकाया र बहिनीले जहिले पनि साधारण लुगा लगाउँथे ।
क्लारा जेटकिन जसले लेनिनलाई क्रान्ति पश्चात भेट्दा पनि लेनिनले उहि प्रवासमा हुँदाको पुरानो कोट लगाएको देख्दा छक्क परिन । लेनिनले प्राय जाडोमा चाहिने टोपि र लुगाको आफै व्यवस्था गर्थे । उनले स्वास्थ्य प्रद खाना खाने गर्थे र कहिले पनि रक्सी खाने गर्दैनथे । शारीरिक श्रम र मेहनतमा बढी रुचि थियो ।
उपहार नलिने लेनिन
यो माछा धेरै दिन खान पुग्ने भो लेनिनलाई पनि यो मन पर्ने छ । लेनिनको परिवारको रेखदेख गर्ने सान्या सिसोयेवाले यो कुरा गर्दै गर्दा प्रधानमन्त्री लेनिन भान्छा कोठामा आएर सोधे यी राम्रा माछा कहाँबाट आए ? माछा लेनिन प्रधानमन्त्री भएको सुखद अवसरमा धेरै टाढाका गाउँले माझीहरुले पठाएका थिए ।
यो कुरा थाहा पाएर लेनिनले कडाई पूर्वक उपहारलाई तत्काल वाल गृहमा पठाउन निर्देशन दिए । लेनिनले भने ‘‘तिमीले के भुल्नु हुँदैन भने राज्यको महत्वपूर्ण ठाउँमा बसेर कहिल्यै पनि उपहार लिनु हुँदैन । बच्चाहरु वाल गृहमा भोकै मरिरहेको बेलामा तिम्रो दिमागमा मलाई स्ट्र्जर माछा खुवाउने सोच कसरी आयो कृपया यो माछालाई तुरुन्तै वाल गृहमा पठाउ ।’













































































































































































































