११ कार्तिक २०८३, मंगलवार

 

दोश्रो नौमति वाजा महोत्सव वामीटक्सारमा सुरु, नौमति वाजा प्रतियोगीतामा भिरखानी समुह प्रथम

वामी विश्व सम्पर्क मञ्चको आयोजनामा मुसिकोट नगरपालिका वामी टक्सारमा हुने दोश्रो नौमति वाजा महोत्सव २०७५ सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रि टोप वहादुर रायमाझिले नौमति वाजा महोत्सवले कला संस्कृति संरक्षणमा योगदान पुर्याउँदै रोजगारी सृजना गर्ने वताएका छन् । पूर्व उपप्रधानमन्त्रि रायमाझिले नौमतिको संरक्षणले पर्यटन विकासमा सहयोग पुग्ने र घरघरमा रोजगारी सिर्जना गर्दै गरिवि हटाउन सहयोग पुग्ने वताएका छन् ।

गुल्मी तथा बागलुङ जिल्लाका विभिन्न ७ समुहको सहभागिता रहेको नौमति वाजा प्रतियोगीतामा भिरखानी पञ्चेवाजा समुह चन्द्रकोट गाउँपालिका वडा नं. २ भिरखानीले प्रथम हुँदै ३३ हजार ३ सय ३३ पुरस्कार हात पारेको छ भने नौमति वाजा संरक्षण समिति मुसिकोट नगरपालिका वडा नं. ८ वामी मैदानले द्धितिय हुँदै २२ हजार २ सय २२ रुपैयामा चित्त वुझाउनु परेको छ । त्यस्तै घुम्टे नौमति वाजा समुह गल्कोट नगरपालिका वडा नं. ७ तृतिय हुँदै ११ हजार १ सय ११ रुपैया प्राप्त गरेको छ भने उत्कृष्ठ सनाई वजाउँदै दगा नवप्रतिभा वाजा समुह बडिगाड गाउँपालिका वडा नं. १ को समुहका सनाई वादक लोक वहादुर दर्जिले ५ हजा ५ सय ५५ रुपैयाँ पुरस्कार जित्दै स्टुडियोमा सनाई वजाउने अवसर समेत प्राप्त गर्नुहुने भएको छ ।

त्यस्तै महिला नृत्य तर्फ सुस्मासिंह ठकुरी प्रथम, रुपा राना मगर द्धितिय, विन्दु परियार तृतिय र कुसुम दर्लामी ले सान्तोना स्थान प्राप्त गर्नुभएको छ। त्यस्तै पुरुष नृत्य तर्फ मदन दर्लामी प्रथम, राजेन्द्रसिंह ठकुरी द्धितिय, रोम रायमाझि तृतिय स्थान प्राप्त गर्न सफल भएको छ ।कार्यक्रममा वरिष्ठ गायक तथा संगितकार नारायण रायमाझि, जनगायक जिवन शर्मा, संगितकार, विजु वज्र, गायक नविन पौडेल, गायक लक्ष्मण खड्का, सन्तु थापा, शान्ता परियार लगाएतका कलाकारहरुको सहभागिता रहेको छ।

मंगलवार सम्म चल्ने कार्यक्रममा कलाकारहरुको प्रस्तुति संगै विविध कार्यक्रम संचालन हुने कार्यक्रम संयोजक वैकुण्ठ रायमाझिले जानकारी दिनुभएको छ। महोत्सवको टेलिभिजन तथा युटुव च्यानलमा प्रशारण गरिने र सो मार्फत हुने आम्दानीलाई सामाजिक कार्यमा खर्चिने योजना रहेको कार्यक्रम संयोजक बैकुण्ठ रायमाझिले जानकारी दिए । महोत्सववाट नौमति वाजाको उत्थान, प्रवद्र्धनमा सहयोग पुग्ने र स्थानिय कला संस्कृतिको प्रचार प्रसारमा सहयोग पुग्ने आयोजकले जनाएको छ। वामी विश्व सम्पर्क मञ्चले २०७२ को मंसिरमा पनि नौमति महोत्सवको आयोजना गरेको थियो। मञ्चले वामीमा संस्कृति प्रवद्र्धन संगै विविध कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung