ताराखोला गाउँपालिकाको पशु शाखाको आयोजनामा संचालित ५ दिने निशुल्क पशु स्वास्थ शिबिरको विहिवार दोस्रो दिन वडा न २ मा शिबिर सम्पन्न भयको छ ।
वडा न २ को अर्गल भातखाने डाडामा विहिवार सम्पन्न पशु स्वास्थ शिबिर मा ७४ घर परिवारले सेवा लिएका छन भने साना र ठुला गरि ९६४ पशु तथा पंक्षि को स्वास्थ परिक्षण गरिएको शिविरका संयोजक तथा ताराखोला गाउँपालिकाका पशु शाखा प्रमुख पुष्पराज अधिकारीले जानकारी दिए ।
प्रत्येक वडा मा १÷१ दिन संचालन हुने शिबिरमा पशुको गर्भ परिक्षण,गोबर तथा पिसाब परिक्षण, बाजोपन साथै सन्क्रामक रोगहरुको परिक्षण तथा उपचार , पशुपंक्षिहरुमा देखिने लेउ जुका लुतो जुम्रा उपिया किर्ना लगायतका औषधि निशुल्क बितरण संगै प्राविधिक सर– सल्लाह दिइने शिबिर संयोजक अधिकारीको भनाइ छ ।
शिबिर को ताराखोला गाउपालिकाका पशु शाखा प्रमुख पुष्पराज अधिकारी, जिल्ला पशु कार्यालय बाग्लुङका पशु स्वास्थ प्राबिधिक केशवराज शर्मा पौडेल ,पशु बिकास अधिकृत निलकण्ठ शर्मा र पशु प्राबिधिक रमा अर्याल र दुर्गा बहादुर श्रीसले सहजीकरण तथा प्राबिधिक सेबा प्रदान गर्नु भयको ताराखोला गाउपालिका पशु शाखाले जनाउको छ । फागुन १३ गते सम्म संचालन हुने पशु स्वास्थ शिबिर ९गते वडा न १ र १० गने वडा न २मा सम्पन्न भैसकेको र ११ गते वडा न ३ , १२ गते वडा न ४ र १३ गते वडा न ५ मा संचालन हुने जनाइएको छ ।























































































































































































