युवा व्यवसायी सुनिल प्रधानले आफ्नो बुबा अभिमन्यु प्रधानको स्मृतिमा सरकारी विद्यालयका विपन्न बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि आर्थिक सहयोग गरेका छन् ।
सरकारी विद्यालयका विद्यार्थीहरुको सिकाई उपलब्धिमा सुधार गर्नको लागि नयाँ विश्व डटकमले चलाएको अभियानमा युवा व्यवसायी प्रधानले ३६ हजार सहयोग प्रदान गरेका छन् । बागलुङ बजार वडा नं. ३ किनारा टोलमा जन्मिएका प्रधान काठमाडौँमा कपडाको होलसेल व्यवसाय गर्छन् ।
नयाँ विश्व डटकमले सामाजिक उतरदायित्व अर्तगत संचालन गरेको यो अभियानबाट प्रभावित भएर आफुले सहयोग गरेको प्रधानले बताए । नयाँ विश्व डटकमको यस अभियानबाट गलकोट नगरपालिका वडा नं ७ सिरबारे दलित बस्तीमा सिरबारे बालविकास संचालनमा सहयोग पुगेको सिरबारे बालविकासका सल्लाहकार ज्ञानबहादुर थापाले बताए ।
अब हामी यस क्षेत्रकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयको बालबालिकाहरूको लागि सहयोग अभियान चलाउन लागेको नयाँ विश्व डटकमको कार्यकारी सम्पादक मुकेश राजभण्डारीले जानकारी दिए ।



















































































































































































































