यो वर्ष वसन्त ऋतुको पर्वमा बाहय मुलुक जाने चिनियाँ पर्यटनको संख्या ६५ लाख पुग्न लागेको छ ।
सो कुरा अनलाइन टाभल प्लेटफर्म सिटिपको तथ्यांकले देखाएको हो ।गत वर्ष ६१ लाख ५० हजार चिनियाँले विदेश भमण गरेका थिए ।चिनियाँको खर्च गर्ने क्षमतामा वृद्धि भएसंगै चीनका नागरिकहरूको पर्यटनको रूपमा विदेश भ्रमण गर्ने संस्कृति विकास भएको हो।जस्ले गर्दा विभिन्न विदाको बेला विदेशिने पर्यटनको संख्या नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ।बेइजिङको ह्वाइट कलर कामदारले यो वर्ष दक्षिण अफिकाको भमण गर्ने इच्छा व्यक्त गरेका छन ।
उतरपूर्वी चीनको जिलिन प्रान्तका सुन सियाओगुवाङ ले यो वर्षको वसन्त ऋतुको समयमा आफ्नी बहिनीका साथ भियतनामको भमण गर्ने जनाएका छन ।
















































































































































































