
फलेवास नगरपालिकाले कृषिमा व्यवसायिककरण गर्न र आत्मानिर्भर बनाउने कार्यक्रम सार्वजनिक गरेको छ । कृषि र पशुपालनमा आएको वजेटलाई आवश्यकता र उपलब्धीको आधारमा तय गरि कृषि र पशुपालनका कार्यक्रम सञ्चालन गर्ने गरि कृषकहरु संग अनुदान सम्झौता भएको हो । कृषि र पशुपालक कृषकहरुलाई १ करोड ६० लाख बराबरको अनुदान बितरण गर्न सम्झौता भएको छ ।
नगरपालिकाले ११ वडाका कृषकलाई नगरपालिकामै वोलाएर अनुदान सम्झौता गरेको हो । कृषकहबाट आवेदन माग गरेको नगरपालिकाले तिनै मागको आधारमा अनुदानको सम्झौता गरेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए । १७ वटा गाईभैसी फर्मलाई अनुदान दिने गरि सम्झौता भएको छ । शर्माका अनुसार ५ वटा दुधालु गाई पाल्नेलाई १ लाख, ४ वटा हुनेलाई ५० हजार ३ वटा गाई हुनेलाई ४० हजार र फर्मको अवस्था हेरि १ लाख देखि ३० हजार सम्मको अनुदान सम्झौता भएको छ । वाख्रापालन तर्फ ७५ हजार देखि ३० हजार सम्म अनुदानको व्यवस्था गरिएको छ ।
नगरपालिका भित्रका १६ वटा वाख्रा फर्मलाइृ अनुदान, कुखुरापालनमा १२ सय कुखुरा पाल्ने तीनवटा फर्मलाई अनुदान वितरण गर्न सम्झौता भएको छ । फ्रेस हाउसका लागि ६वटा ३ लाख ५० हजार, वगुरपालनमा २ वटा व्यवसायिक फर्मलाई ५० हजार देखि २० हजार रुपैया अनुदान दिने गरि कृषकसंग सम्झौता भएको छ । यूवालसिक्षत कार्यक्रम अन्तर्गत ५० हजारको दरले अनुदान सम्झौता गरिएको छ । मागको आधारमा १३ वटा तरकारी फर्मलाई अनुदान दिनेगरि सम्झौता गरिएको छ ।
तीनवर्ष सम्म लगातार लगानी बढाउँदै लैजाने जनाइएको छ । पैसा लाने तर व्यवसाय नगर्ने परम्परा रहेकोमा यस्तो परम्परालाई निरुत्साहित गर्न अनुगमन गरिरहने र अनुदान लगेर व्यवसाय नगर्नेहरु संग असुल उपर गर्ने निति पनि लिइएको नगरप्रमुख शर्माले बताउनुभयो । अनुदान पाएकाले आधा खर्च आफैले व्यहोरेर व्यवसाय गनुपर्ने सर्त रहेको छ । ५० प्रतिशत अनुादनमा प्लाष्टिक पोखरी दिने गरि कृषक संग सम्झौता भएको छ भने ५० प्रतिशत अनुुदानमा टनेल वितरण गर्ने नगरपालिकाको सम्झौता रहेको छ ।
३० वटा तरकारी र पशुका लागि ३० वटा सिँचाइ सहति अन्य पूर्वाधारमा अनुदान दिने नगरपालिकाले जनाएको छ । यसैगरी मिनिटिलर, चिस्यान केन्द्र तथा कृषि उपज प्रसोधन उद्योग संचालन गर्न आवश्यक मेसिनरी सामाग्री समेत नगरपालिकाले अनुदान दिने तयारी गरेको छ । ३६ जना किसानले कृषि मेशिनरी सामाग्रीहरु पाउने पक्का भएको बताईएको छ ।
किसानहरुले विस्तृत कार्ययोजना (स्कीम) पेस गरेपछि नगरपालिकाले अनुगमन पश्चात किसानहरुलाई अनुदानको लागि छनोट गरेकोे छ । अनुदान रकम पाउने भएपछी फलेवासका किसानहरु उत्साहित भएका छन् ।