
पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन इकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरकोे हो ।
कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने (सिडर), छोडाउने (कन्सेलर) र खोल्स्याउने मेसिन किसान समूहलाई वितरण गरको हो । बारीमा पावरटिलरले जोत्दै मकै रोप्ने यो मेसिन जिल्लामै पहिलोपटक भित्रिएको हो । कार्यालयले फलेवास कार्कीनेटाको अन्नपूर्ण दुग्ध सहकारी संस्था, शंकरपोखरीको शिवशंकर कफी सहकारी र मुडिकुवाको तल्लो सेराफा“ट कृषक समूहलाई मेसिन हस्तान्तरण गरिएको छ । ६५ हजार रुपैया“ पर्ने मिनी पावरटिलरमा जडित मेसिनले प्रतिदिन ६ देखि ७ रोपनी बारीमा मकै रोप्न मिल्ने जानकारी भेलामा दिइयो ।
जोन कार्यालयले पाइलट प्रोजेक्टका रूपमा न्यूनतम २० रोपनी जमिनमा अनिवार्य मकै लगाउने समूहलाई मेसिनसहितको हलो वितरण गरको छ । समूहमा आबद्ध किसानलाई कार्यालयले चालु वर्ष २० रोपनीका लागि आवश्यक मकै बीउ, मल र आवश्कय पर विषादी समेत अनुदान दिने कार्यक्रम छ ।
‘यो नया“ अभ्यास हो,’ कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत वसन्तकुमार श्रेष्ठले भने, ‘सफल भए अर्काे वर्षबाट कार्यक्रम र मेसिन थप्छौ ं।’ पावरटिलरमा मकै लगाउने मेसिन (सिडर ) को सहायताले मकै रोप्दा २० जनासम्म कामदारको श्रम घट्ने कृषि प्राविधिकहरू बताउ“छन् । सिडर जडित टिलर एक्लै चलाउन मिल्छ ।