युवा सन्त श्रीविवासाचार्य माथि चैत्र २४ गते विराटनगरमा भएको सांघातिक आक्रमणको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र पठाइएको छ । सोमवार विभिन्न धार्मिक संस्थाका पधाधिकारी हरुले बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तलाई ज्ञापन पत्र बुझाउदै विराटनगरमा भएको आक्रमणको दोषीलाई २४ घण्टा भित्र पक्राउ गरि कारवाही अगाडि बढाउन ज्ञापन पत्र मार्फत उनिहरुले आग्रह गरेका छन ।
८४ प्रतिशत ऊँ कार परिवार बसोवास गरिरहेको देशमा यिनै समुदाहरुमाथी विभिन्न प्रकारले आक्रमण हुनु , यस समुदायका सन्तमहन्तहरुको ज्यान मार्ने सम्मका धम्कीहरु आउनु, सन २०२५ सम्ममा नेपाललाई इशाइराज्य बनाउछौ भनेर खुलमखुल्ला विज्ञप्ति जारी गरी तेस्तै गतिविधि भइरहनु र त्यस्तो अवस्था हुदा पनि राज्य प्रशासन उदासीन बन्नुले कतै धर्म निरपेक्षको नाममा राज्य नै सनातन धर्मको नाश गर्न र इशाइकरण गर्न लागि परेको त छैन ? भन्ने आशंका उत्पन्न भएको ज्ञापन पत्रमा लेखिएको छ ।
त्यसैगरि यस्तै गतिविधि बढ्दै गइरहे र सरकारले उदासिनता देखाइरहे आफुहरु चुप लागेर बस्ने अवस्थामा नभएको जनाउदै ज्ञापन पत्रमा श्रीविवासाचार्य हत्या प्रयास गर्ने अपराधिलाई २४ घण्टा भित्र पक्राउ गरी ज्यान मार्ने उद्योगमा हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै निमित्त प्रजिअ धिरेन्द्रराज पन्तले आफुले तत्कालै यो पत्र गृहमन्त्रालयमा फ्याक्स गरिदिने र बागलुङ जिल्लामा यस्ता किसिमका हुन सक्ने घटनामा जिल्ला प्रशासन कार्यलय, जिल्ला शुरक्षा समिति, तथा जिल्ला प्रहरी कार्यालयलाई सजकता अपनाउन आदेश दिने वताए ।



















































































































































































































