फ्रान्समा सन् २०१६ को तुलनामा सन् २०१७ मा दश लाख मानिसहरूले धूमपान नगर्ने गरेको देखिएको छ।
तस्वीर कपीराइटGETTY IMAGES‘पब्लिक हेल्थ फ्रान्स’का अनुसार धूमपान गर्ने व्यक्तिको संख्यामा त्यस्तो तीव्र कमी देखिएको हो।
तर दशकौँदेखि धूमपानविरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष गरिएको एउटा अध्ययनले विश्वव्यापी रूपमा चुरोट पिउने मानिसको संख्या बढ्दै गएको देखाएको थियो।
सुर्तीजन्य पदार्थको प्रयोग विरुद्धको दिवसका सन्दर्भमा धूमपान बढी र कम हुने देशहरू बारे एक चर्चा।
१) किरिबास
टापु देश किरिबासमा धूमपानको दर विश्वकै उच्च रहेको छ। त्यहाँ जनसंख्याको दुईतिहाइ पुरुष र एकतिहाइभन्दा बढ्ता महिला चुरोट पिउँछन्।
तस्वीर कपीराइटGETTY IMAGESप्रशान्त क्षेत्रमा पर्ने उक्त टापुको जनसंख्या मात्रै एक लाख तीन हजार रहेको छ। सुर्ती विरोधी खुकुला नियमहरू र चुरोटमा कम कर लगाइने हुनाले त्यही सुर्तीजन्य पदार्थहरूमा मानिसहरूले सहजै पहुँच कायम गरेका छन्।
२) मोन्टिनिग्रो
पूर्वी युरोपको देश मोन्टिनिग्रोमा युरोपकै उच्च धूमपानको दर रहेको छ। त्यहाँ ४६ प्रतिशत मानिस धूमपान गर्छन्।
उक्त बाल्कन देशको जनसंख्या छ लाख ३३ हजार रहेको छ। त्यहाँ एक जना वयस्क व्यक्तिले प्रतिवर्ष चार हजार एक सय २४ चुरोटका खिल्ली सेवन गर्छन्।
सार्वजनिक स्थानहरूमा धूमपान गर्न प्रतिबन्ध लगाइएको भएपनि मानिसहरूले कार्यालय, खाजाघर, बार र सार्वजनिक यातायातमा धूमपान गर्छन्।
तस्वीर कपीराइटGETTY IMAGES३) ग्रीस
ग्रीस तेस्रो बढी धूमपान हुने देश हो।
त्यहाँ देशका आधा भन्दा बढी पुरुष र ३५ प्रतिशत महिला धूमपान गर्छन्।
सन् २००८ देखि नै सार्वजनिक स्थानहरूमा धूमपान निषेध गरिएपनि मानिसहरू जहाँ पनि चुरोट सेवन गरिरहेका भेटिन्छन्।
ग्रीसमा चुरोटको तस्करी हुने गर्छ।
एउटा बजार अनुसन्धान कम्पनी युरोमोनिटर इन्टर्न्याश्नलले सन् २०१९ देखि एथेन्सले बर्सेनि एक अर्ब युरो राजस्व गुमाउने अनुमान गरेको छ।
तस्वीर कपीराइटGETTY IMAGES४) पूर्वी टिमोर
पूर्वी टिमोर विश्वमा धूमपानको उच्चदर भएको देशमध्ये एउटा हो।
त्यहाँ कुल जनसंख्याको लगभग ८० प्रतिशत पुरूष धूमपान गर्छन् जून विश्वकै उच्च हो।
तर धूमपान गर्ने महिला चाहिँ छ प्रतिशत मात्रै छ।
दक्षिण पूर्वी एशियाको विपन्न देश पूर्वी टिमोरमा एक बट्टा चुरोटको मूल्य एक डलर भन्दा कम पर्छ।
सबै चुरोटका बट्टामा धूमपान घातक हुने लेखिएका भएपनि धूमपान गर्नेहरूलाई त्यसले छुँदैन। किनभने त्यहाँ देशको जनसंख्याको आधाभन्दा बढी निरक्षर रहेका छन्।
तस्वीर कपीराइटGETTY IMAGES५) रुस
रुस पाँचौ धेरै धूमपान गरिने देश हो।
त्यहाँ १५ वर्षमाथिका करिब ६० प्रतिशत पुरुष र २३ प्रतिशत महिला धूमपान गर्छन्।
कार्यस्थल र सार्वजनिक सवारी साधनमा धूमपान गर्नु कानुनविपरीत भएपनि सुर्तीजन्य पदार्थको व्यापक विज्ञापनलाई उच्च धूमपान दर हुनुको एउटा मुख्य कारण ठानिन्छ।
केही पसलहरूमा एक बट्टा चुरोट एक डलरभन्दा कममा किन्न सकिन्छ।
रुसी चुरोटले २२ अर्ब डलर बराबरको बजार ओगटेको बताइन्छ।

कम धूमपानकर्ता रहेका देश
कम चुरोट सेवन गरिने देशहरूमा घाना, इथियोपिआ, नाइजेरिया, इरिट्रिआ र प्यानमा रहेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार करिव १४ प्रतिशत अफ्रिकीहरू धूमपान गर्छन्। त्यहाँ महिलाहरूले धूमपान गर्नु अनैतिक ठानिन्छ।
घाना, इथियोपिआ र नाइजेरिया पनि विश्व स्वास्थ्य संगठनको धूमपान नियन्त्रण सम्बन्धी ‘फ्रेमवर्क कन्भेन्शन’ भनिने सन्धिमा सामेल छन्। तिनीहरूले धूमपानको नकारात्मक असरबाट आफ्ना नागरिकलाई जोगाउन कडा प्रावधानहरू र नियन्त्रणका उपायहरू लागु गरेका छन्।
‘हर्न अफ अफ्रिका’ नामक प्राय:द्वीपमा धूमपानको विकल्पमा काट एक किसिमको पातले चपाउने चलन छ। त्यसले पनि त्यहाँ धूमपानको दर कम भएको हो।
विश्व स्वास्थ्य संगठनले विश्वभरि लगभग एक करोड मानिसले काट चपाउने गरेको उल्लेख गरेको छ।
तस्वीर कपीराइटGETTY IMAGESअफ्रिकामा धूमपानको औसत दर तुलनात्मक रूपमा कम रहेपनि विकासशील देशहरूमध्ये सबैभन्दा तीव्र गतिमा त्यहाँ धूमपानको प्रवृत्ति बढिरहेको मेडिकल जर्नल लान्सेटले जनाएको छ।
उच्च आय भएका पश्चिमा देशहरूमा नियममा गरिएका कडाइ, अनुगमन र करका कारण धूमपानको दर घटिरहेको छ। त्यसको परिणामस्वरूप सुर्तीजन्य उद्योगहरूले विकासशील देशहरूमा आफ्नो बजार विस्तार गरिरहेका छन् र युवाहरूलाई आकर्षण गर्ने प्रयास गरिरहेका छन्।
सबैभन्दा ठूलो उपभोक्ता
विश्व स्वास्थ्य संगठनका अनुसार चीन विश्वको सबैभन्दा ठूलो सुर्ती उत्पादक र खपतकर्ता हो। चीनमा ३० करोड धूमपानकर्ता छन् जुन विश्वको कूल धूमपानकर्ताको झन्डै एकतिहाइ संख्या हो।
तर बजार अनुसन्धानमा संलग्न समूह युरोमोनिटर इन्टर्न्याश्नलले सन् २०१६ मा चीनमा सुर्तीको खपतमा दुई दशकमा पहिलो पटक कमी आएको उल्लेख गरेको थियो।
तस्वीर कपीराइटGETTY IMAGESमहिला
पुरुषभन्दा बढी महिला धूमपानकर्ता भएको एउटै मात्र देश डेनमार्क हो।
त्यहाँ १९ प्रतिशतभन्दा बढी महिलाहरू धूमपान गर्छन् भने धूमपान गर्ने पुरुषको प्रतिशत १८.९ छ।
उच्च संख्यामा महिला धूमपानकर्ताहरू युरोपमा छन् । तर महिला र पुरुष धूमपानकर्ताबीचको संख्यामा सानो अन्तर छ।
तस्वीर कपीराइटGETTY IMAGESधूमपानका प्रत्यक्ष र अप्रत्यक्ष प्रभावका कारणले बर्सेनि ७० लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार धूमपान गर्ने १ अर्ब १० करोड जनसंख्यामध्ये ८० प्रतिशत मानिसहरू कम तथा मध्यम आय भएका देशहरूमा बसोबास गर्छन्।
ब्रिटिश अमेरिकन टोबाको नामक एउटा बहुराष्ट्रिय कम्पनीका अनुसार विश्व सुर्तीबजारको मूल्य ७ खर्ब ७० अर्ब डलर रहेको छ। बिबिसीबाट







































































































































































































