
सामुदायिक सेवा केन्द्र एव सामुदायिक प्रहरी सेवा समाजको शक्ति भएको संघीय प्रहरी ईकाइ कार्यालय बागलुङको प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र सिह घानुकले बताए ।सामुदायिक सेवा केन्द्र रामरेखाले आयोजना गरेको स्वागत कार्यक्रममा घानुकले उक्त विचार व्यक्त गरेका हुन ।
प्रहरी र समुदाय मिलेर काम गर्न सके मेलमिलाप कायम गर्न ,शान्ति सुरक्षा स्थापना गर्न र लागू पदार्थको कुलतबाट युवाहरूलाई जोगाउन सकिने प्रहरी वरिष्ठ उपरीक्षक घानुकले बताए ।
उक्त स्वागत कार्यक्रममा महिला तथा बाल अधिकार सेवा केन्द्रको अध्यक्ष पार्वती आर्चाय ,दलित संजालको अध्यक्ष टकबहादुर बोहरा,नयाँ विश्व डटकमको कार्यकारी सम्पादक मुकेश राजभण्डारी ,नेपाल रेडत्रस सोसाइटीको उपसभापति राजेन्द्र आर्चाय ,सामुदायिक सेवा केन्द्र रामरेखाका संस्थापक अध्यक्ष केवि राना मगरले र नेपाल रेडत्रस सोसाइटी रामरेखा उपशाखाका सभापति तेजेन्द आर्चाय मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा क्यान्सर रोगबाट मृत्यु भएको देवी केसीको परिवारलाई विदेशमा बस्ने नेपालीहरूले पठाएको ७९ हजार रूपैया हस्तान्तरण गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र एव सामुदायिक प्रहरी सेवा रामरेखाको अध्यक्ष दुर्गाबहादुर आर्चायको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वरिष्ठ प्रथम उपाध्यक्ष शम्भु आर्चाय र कार्यक्रमको संचालन सामुदायिक सेवा केन्द्रको महासचिव लक्ष्मी बोहराले गरेको थियो ।
अध्यक्ष दुर्गाबहादुर आर्चायको नेतृत्वमा रहेको यस सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका भित्र सामाजिक क्षेत्रमा सत्रिय र पुरानो सामुदायिक सेवा केन्द्र हो ।