हामी सेवा गर्छु भन्ने उदेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलको प्रभाव बागलुङमा परेसंगै लायन्स क्लब बागलुङ कालिकाको स्पन्सरमा लायन्स क्लब बागलुङ पन्चकोट गठन गरेको छ ।
बागलुङ सदरमुकाममा आयोजित कार्यक्रममा तेजप्रसाद शर्माको अध्यक्षतामा गठन भएको क्लबको
प्रथम उपाध्यक्षमा राजु केसी दृतिय उपाध्यक्षमा गणेश लम्साल तृतीय उपाध्यक्षमा हरि शर्मा हरिस सचिवमा
श्रीकृष्ण पौडेल कोषाध्यक्षमा
केन्द्र रसाइली चयन भएको बागलुङ कालिकाका अध्यक्ष चन्द्र रेग्मीले घोषणा गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालका डिस्टिक एडभाइजर काजिमान गुरूङ डिपाटमेन्ट अफिसर राजेशचन्द्र राजभण्डारी लायन्स क्लब बागलुङ पन्चकोटका अध्यक्ष तेजप्रसाद शर्माले सामाजिक सेवाको क्षेत्रमा सकारात्मक भुमिका सबै एकजुट भएर गर्न सकेमात्र परिवर्तन हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब बागलुङ कालिकाका अध्यक्ष चन्द्र रेग्मी स्वागत दृतिय उपाध्यक्ष गोपाल पौडेल संचालन सचिव
शिव केसीले गरेका थिए ।
बागलुङ जिल्लामा लायन्स क्लब अफ धौलागिरि बागलुङ लायन्स क्लब बागलुङ कालिका लायन्स क्लब बागलुङ सिटी लायन्स क्लब बागलुङ
लायन्स क्लब बागलुङ गलकोट सिटी
लायन्स क्लब बागलुङ कालिगण्डकी
लायन्स क्लब बागलुङ पन्चकोट गठन भए संगै बागलुङ जिल्लामा ७ वटा क्लब पुगेको छ ।













































































































































































































