२ जेष्ठ २०८१, बुधबार

 

पात्लेखेतमा उत्कृष्ट कृषक पुरस्कृत

बेनी नगरपालिका १० पात्लेखेतका उत्कृष्ट कृषकहरुलाई बिहीबार पुरस्कृत गरिएको छ ।वडा कार्यालयले वि.स २०७४ मा कृषि र पशुपालनको विभिन्न बिधामा उत्कृष्ट काम गर्ने पाँच जना कृषक छनौट गरेर पाँच हजार रुपैयाका दरले नगद सहित पुरस्कृत गरिएको हो ।

२०७४ चैत १३ गते बसेको छनौट समितिको बैठकले फलफुलतर्फ भक्तबहादुर खत्री क्षेत्री, तरकारी विउमा कृष्णबहादुर पाईजा, पशुपालनमा भवीन पाईजा, बेमौसमी आलु खेती गर्ने ईन्द्रदेवी गर्बुजा र ताजा तरकारी खेती गर्ने मोतीलाल रोकालाई सिफारीस गरेको थियो ।

पुरस्कृत कृषकहरुलाई कार्यबाहक वडा अध्यक्ष लोकबहादुर पुन, कार्यपालिका सदस्य योगेन्द्रमान गौचन, वडा सचिव तिलकप्रसाद पौडेल, वडा सदस्य बिष्णुबहादुर रकाल, पार्वती पौडेल, कमला नेपाली, नेपाल कम्प्युनिष्ट पार्टीका कृष्ण मल्ल र नेपाली काँग्रेसका शिवबहादुर शाहीले नगद र प्रशंसापत्र वितरण गरेका थिए ।

उद्यम व्यवसाय तर्फ आकर्षित र व्यवसायीक कृषि पेशा अपनाउनेलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरुवात गरिएको उत्कृष्ट कृषक पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिने कार्यबाहक वडा अध्यक्ष पुनले बताए ।

कार्यबाहक वडा अध्यक्ष पुनको अध्यक्षता, सचिव पौडेलको सञ्चालन र सदस्य रकालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कार्यपालीका सदस्य गौचन, पुरस्कृत कृषक भविन पाईजा र सिद्ध भुमे महिला सहकारी संस्थाका अध्यक्ष गिता रोकाले मन्तब्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा पाल्पा सरुवा हुनुभएका पशु सेवा केन्द्र घतानका प्राबिधिक नारायण दर्लामीलाई वडा कार्यालय र कृषकहरुको तर्फबाट सम्मान सहित बिदाई गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्