३ जेष्ठ २०८१, बिहीबार

 

धान दिवसमा वडिगाडका किसानलाई मिनिटेलर

बडिगाड गाउँपालिका कार्यालयले असार १५ अर्थात धान दिवसको अवसर पारेर किसानहरुलाई मिनीटेलर (जोत्ने सानो ट्याक्टर) वितरण गरेको छ । बडिगाड गाउँपालिका भित्रका २३ वटा कृषक समुहलाई प्रति समुह १ ओटाको दरले २३ ओटा मिनिटेलर वितरण गरिएको हो । मिनिटेलर वितरण गर्दै वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले कृषकहरुले आधुनिक प्रविधि, विउ र मलखादको प्रयोगवाट कृषिलाई व्यावसायीक वनाउन सक्ने वताए ।

कृषिलाई आधुनिकिकरण र व्यावसायीक वनाउनु नै अहिलेको चुनौती रहेको भन्दै व्यावसायीक कृषिमा उत्प्रेरीत हुन युवाहरुलाई आह्वान गरेका छन् । सो कार्यक्रममा वडिगाड गाउँपालिका भित्रका सवै वडाका वडा अध्यक्ष हरु सहित कृषकहरुको सहभागिता रहेको थियो । बडिगाड गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर वितरण गरिएको हो।

प्रति मिनिटेलर ५५ हजार मुल्य पर्ने र गाउँपालिकाको अनुदानको कारण कृषक समुहले २७ हजार ५ सयमा सो साधन प्राप्त गरेका हुन ्। वडा नं. ५ ग्वालीचारका स्थानिय शिक्षक समेत रहेका कृषक वेद प्रसाद घिमिरेले गाउँपालिकाको सहयोगले आफुहरु उत्साहित भएको वताए । वडा नं. २ का नेर वहादुर रानाले आफूहरुले मिनिटेलरको सहि उपयोग गर्ने बताए । मिनिटेलर पाउँदा कृषकहरु उत्साहित देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्