२ जेष्ठ २०८१, बुधबार

 

त्रिभुवन माविमा धानै रोपेर मनाइयो विश्व धान दिवस

असार १५, विश्व धान दिवसको अवसरमा त्रिभुवन मावि खर्वाङले धान रोपाई कार्यक्रम सम्पन्न गरेको छ । कृषि वालि विज्ञान तर्फका विद्यार्थीहरुको सहभागितामा झण्डै ४ रोपनी क्षेत्रमा धान रोपाई गरिएको हा े। सो कार्यक्रममा चार थरी धानको विउ रोपिएको कृषि प्रशिक्षक कमल न्यौपानेले जानकारी दिए ।

प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कृषिको महत्व र धान दिवसको वारेमा सचेतना अभिवृद्धि गर्न रोपाई कार्यक्रम नै संचालन गरिएको अर्का कृषि प्रशिक्षक प्रशान्त खरेलले वताए । धान रोपाई संगै दहि चिउरा खाएर असार १५ मनाइएको छ । विद्यार्थीहरुवाट दहि संकलन गरिएको र दहि चिउरा खाने व्यावस्था गरिएको सहायक कृषि प्रशिक्षक अनुपम थापाले जानकारी दिए ।

विद्यालयकै कार्यक्रमवाट धान रोपाई गर्न पुगेका विद्यार्थीहरु निकै खुसि देखिएका थिए । विहान १० वजे देखि साँझ ५ वजे सम्म विद्यार्थीहरुले रोपाई कार्य गरेका थिए । वालिविज्ञान तर्फ कक्षा ९ र १० का ८० जना विद्यार्थी सो कार्यक्रममा संलग्न भएको विद्यालयले जनाएको छ । नमुना विद्यालयमा छनौट भएको त्रिभुवन मावि खर्वाङमा गत वर्षदेखि कृषि वालिविज्ञान विषयमा पढाई हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्