गत सोमबार राति परेको वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका धुल्लुबास्कोटका विष्णुबहादुर क्षेत्रीका परिवार तथा धुल्लुबास्कोटका विस्थापित परिवालाई बागलुङ समाज पोखराले नगद रु १ लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग सहयोग गरेको छ ।
बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्मा र सदस्य द्वय भागिरथ शर्मा र तिलक थापा, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगाएतको टोलिले आर्थिक सहयोग गरेको होे ।
अध्यक्ष शर्माले घरबास गुमाएकाहरुका लागि क्षतिको प्रकृति हेरेर राहत हस्तान्त्रण गरिएको बताउँदै देश विदेशमा रहेका सम्पुर्ण व्यक्ति संघ सस्था लगाएतालई सहयोगको लागि अपिल गरिएको छ ।
प्राप्त राहतको सूचि अनुसार मृतकका छोरीहरु मञ्जु क्षेत्री र अस्मिता क्षेत्रीलाई एकमुष्ठ रु १ लाख १ हजार १ सय ११ र पदम बहादुर के।सी। का छोरा वर्ष ८ का मौषम केसीलाई रु ५ हजार ५ रुपैया राहत रकम हस्तान्तरण गरिएको छ ।
सोमबार राति परेको बाढीले धुल्लुबास्कोट लुरुङका विष्णु बहादुर क्षेत्री सहीत उहाँकी श्रीमति विष्णुमाया र ३ महिने छोरीको ज्यान गएको थियो भने धुल्लुबास्कोट र हुग्दिशिरमा गरी ३८ घरपरिवार विस्थापित भएका छन भने करोडौँको खेतबारीमा क्षेति पु¥याएको थियो ।



















































































































































































































