२ जेष्ठ २०८१, बुधबार

 

निर्वाहमुखी कृषि पेशालाई व्यवसायीक रुपमा अगाडि बढाउ – राजेन्द्र ढुंगाना

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले परम्परागत निर्वाहमुखी कृषि पेशालाई व्यावसायिक रुपमा अगाडी बढाउनु पर्ने बताए । नेपाल सरकारले पनि कृषकलाई अनुदान र सहयोग दिदैं आएकोले त्यसको प्रत्यक्ष लाभ लिन कृषकहरुलाई सुझाव दिए । उनलेले भने अब हामी अरु देशमा मात्र निर्भर नभई हाम्रो गाउॅघरको कृषि उत्पादन मध्य पहाडी लोकमार्ग मार्फत अन्यत्र पठिउन सक्ने वातावरण सिर्जना गर्न सबैजना पौरखी र मेहनती बन्न सिक्नुस तब मात्रै सरकारको लगानीले सार्थकता पाउॅछ र हामी पुर्ण रुपमा व्यावसायिक बन्छौं ।

गलकोट नगरपालिका ९ गल्याङमा आयोजित वृक्षारोपण सप्ताह कार्यक्रम २०७५ लाई सम्वोधन गर्दै ढुङगानाले यस्तो बताए । जिल्ला भु(संरक्षण कार्यालय, जिल्ला वन कार्यालय र विभिन्न उपभोक्ता तथा समुहरुको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला भु(संरक्षण कार्यालय बागलुङका प्रमुख शेर बहादुर श्रेष्ठ, ईलाका वन कार्यालयका फरेष्टर कुम्मराज मल्ल, गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापा, कृयाशिल सामुदायिक विकास समितिका कॉडेबासका अध्यक्ष रमा उपाध्याय चालिसे र प्रगतिशिल पावर समुह गल्याङका अध्यक्ष भीम कुमारी गौतमले मन्तव्य राखेका थिए ।

सो अवसरमा विभिन्न पावर समुहलाई नगद रु २६ हजार सहित सुन्तला, किवि खेती, कागती र अलैचीका विरुवाहरु वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न पावर समुह, कृषक दाजुभाई तथा दिदीबहिनीको उपस्थिती रहेको थियो भनें सामुदायिक विकास समिति कॉडेबासले उपस्थित प्रमुख अतिथि, अतिथि र पत्रकारलाई मायाको चिनो द्वारा सम्मान गरेको थियो । कार्यक्रमको अवसरमा विरुवा वृक्षारोपण कसरी गर्ने, किन गर्ने, भुक्षयबाट कसरी बच्ने लगायतका विषयमा सहजीकरण गरिएको थियो । वृक्षारोपण सप्ताह कार्यक्रम जिल्ला भुसंरक्षण कार्यालय बागलुङका सहायक उमेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्