
स्थापित लोकतन्त्रलाई सस्थागत गर्दै लैजाने गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बताए । ३६ औ वि पि स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस गलकोट नगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताएका हुन् ।
उनले बिपि जयन्तीलाई नेपाली काङ्ग्रेसले महत्त्वपूर्ण जिम्मेवारीका साथ हेर्ने भन्दै जयन्तीले लोकतन्त्रको संरक्षण गर्ने बताए । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनीधि देबेन्द खत्री, गलकोट बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद गौतम, नेपाली काङ्ग्रेस नगर सहसंयोजक ढोलिन्द् प्रसाद गौतम, उध्योग बाणिज्य संघ गलकोट अध्यक्ष बिरेन्द् श्रेष्ठ वडा अध्यक्ष्य विरगञ्ज भन्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाली काङ्ग्रेस गलकोट संयोजक नारायणध्वज मल्लको अध्यक्षता र नगर सहसंयोजक नन्दराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।