२४ असार २०८२, मंगलवार

 

हरियो चुराको भ्रमले गर्दा विदेशी संस्थाहरु फाईदामा पुग्नेे- नगरप्रमुख भरत शर्मा गैरे

हरियो चुराको भ्रमले गर्दा बिदेशी संस्थाहरु फाईदामा पुग्ने गरेको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । कोटमैदान बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गौमुखि कृषि सहकारी संस्था लिमिटेडको सयुक्त आयोजनामा सञ्चालन गरिएको त्रिस्टल गहना निर्माण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिममा बोल्दै गैरेले यस्तो बताउनुभएको हो । उहाँले साउनको महिनामा हिन्दु महिलाहरुलाई हरियो पोते र हरियो चुरा लगाउनुपर्छ भन्ने भ्रम छर्दै बिदेशी संस्थाहरुले लुटिरेको बताउनुभयो ।
गैरेले कार्यक्रममा उपस्थित महिला सेयर सदस्यहरुलाई आफुहरुले लगाउने सामाग्रीहरु आफनै ठाउमा उत्पादन गरि प्रयोग गर्नतर्फ अग्रसर बन्नका लागी आग्रह गनुभएको थियो । उहाँले प्रशिक्षण कार्यक्रममा पछिल्लो समय भत्ताको नकरात्मक प्रभाव परेको बताउनुभयो । भत्ता पाउने कार्यक्रममा सहभागी हुने र भक्ता नपाउने कार्यक्रममा सहभागी नहुने प्रबृत्तिका कारण प्रशिक्षण कार्यक्रम प्रभावकारी बन्न नसकेको भन्दै गैरेले भत्ता दिने रकमले तालिममा सिकेका सिप अनुसारको सामाग्री उपलब्ध गराई आयआर्जनमा सहयोग पु¥याउनतर्फ तालिम आयोजक संस्थाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
तालिममा त्रिस्टलका चुरा, औठी, कानमा लगाउने झुम्का लगायतका सामाग्री बनाउने बिषयमा जानकारी गराईएको थियो । तालिमको सहजिकरण बरिष्ठ प्रशिक्षक कमला सुवेदीले गनुभएको थियो । तालिममा दुई सहकारीका महिला सेयर सदस्य गरि करिब २३ जनाको सहभागीता रहेको थियो । तालिममा स्वास्थ सहकारी संद्यका जिल्ला अध्यक्ष सिता शर्मा, प्रशिक्षक कमला सुवेदी, गलकोट नगरपालिका ४ का अध्यक्ष बल बहादुर खत्री, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रम गौमुखि कृषि सहकारी संस्थाका अध्यक्ष शिवकुमारी खत्रीको अध्यक्षता, कोटमैदान बचत तथा ऋण सहकारी संस्थका उपाध्यक्ष लक्ष्मी खड्काको स्वागत मन्तब्य र सचिव गुञ्ज बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । आजदेखि सुरु भएको तालिम साउन २३ गतेसम्म सञ्चालन हुने सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung