९ कार्तिक २०८३, आईतवार

 

निलगिरी सहकारीको साधारणसभा

निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै वचत तथा ऋण सहकारी सघं नेपालका केन्द्रिय सदस्य चण्डीप्रसाद शर्माले सहकारीले देशको समृद्धिमा महत्वपुर्ण टेवा पु¥याउने हुदा यस तर्फ सबै लाग्नुपर्ने बताए ।

उनले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिई आर्थिक समृद्धि तर्फ जुटनुपर्ने बताए । ‘सहकारी समुदायमा केन्द्रित संस्था हो,’ शर्माले भने, ‘सबैको सहभागिता आगामि दिनमा आवश्यकता छ ।’

कार्यक्रममा संस्थाका शेयर सदस्य एवं नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापा,बानपा ११ वडा अध्यक्ष ज्ञानेन्द्र गौतम,जिल्ला स्वास्थ्य सहकारीका अध्यक्ष सिता शर्मा,बागलुङ बहुउदेश्य सहकारी संस्थाका उपाध्यक्ष दुर्गादत्त आचार्य,उद्योग बाणिज्य सघंका सदस्य राजनकुमार शाक्य,दिपज्योति युवा क्लवका अध्यक्ष तेजप्रसाद शर्मा लगाएतले बोलेका थिए ।

साधारण सभाको अवसरमा संस्थामा विभिन्न विधामा रहेर सम्मात तथा पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट शेयर सदस्यको रुपमा हायश्वर सुवेदी, उत्कृष्ट बचत कर्ता (चल्ती)मा, भरत शर्मा, लेखबहादुर जिसी, नारायण ढुङगाना, अवधितर्फ नरिश्वर उपाध्याय, देव शर्मा,बालबचततर्फ बिद्यान पौडेल,कृष्टल पौडेल रहेका छन् ।

त्यसैगरि असल ऋणिमा निरा शर्मा, विनोद केसी, उत्कृष्ट कर्मचारीमा भिमप्रसाद गौतम, पुर्व प्रवन्धक इन्द्रबहादुर केसी, जेष्ठ शेयर सदस्य अमृता थापा,उत्कृष्ट छात्र अमृत शर्मा, छात्रामा नविना थापा र स्नेहा श्रेष्ठ पुरस्कृत एवं सम्मानीत भएका छन् ।

२०६५ सालमा स्थापना भएको यस संस्थाले सम्म ४५ करोड, ५ लाख ४६ हजार ९ सय ८४ रुपैयाको कारोबार गरेको छ । गत आर्थिक बर्षसम्म ३ सय २१ शेयर सदस्यहरुमा बृद्धि भई अहिले ५ सय १५ जना पुगेका छन । संस्थाले शेयर सदस्यता एवं शेयर पुजीमा बृद्धि,बचत बृद्धि,ऋण लगानी,सामाजिक सुरक्षा कोष,सहकारी शिक्षा तथा तालिम,सामाजिक सेवा,अध्ययन एवं अवलोकन भ्रमण,सम्मान एवं पुरस्कार र कारोवारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ ।

साधारण सभाले सचिव मिन बहादुर केसी ‘मिलन’को प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक आनन्दप्रसाद शर्माको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता, उपाध्यक्ष डिल्ली प्रसाद गौतमको स्वागत र सचिव सचिवमा मिन बहादुर केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung