९ कार्तिक २०८३, आईतवार

 

विद्यालयलाई दाताको सहयोग

काँठेखोला गाउपालिका–५ बिहुँमा रहेको नवयुवक आधारभूत विद्यालय चीरपानीको सहयाोगका लागि एक जना जापानी महिला अन्य व्यक्तिले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

विद्यालयमा आयोजना गरिएको कार्यक्रममा जापानी महिला कारमेन माचुईले १७ हजार रुपयाँ सहयोग रकम हस्तान्तरण गरिन् । उनले नेपालको विद्यालयमा सहयोग गर्न पाउदा आफु निकै खुशी भएको बताईन् ।

सो अवसरमा बिहुँ मौरिभिरका भागिरथ शर्माले ३२ हजार मुल्यको साउण्ड सिस्टम प्रदान गरे । आफ्ना दिवंगत पिता टिकाराम कँडेलको स्मृतिमा छोरा बिहुँ पहिरोका टिकाधरले २५ हजार ५ रुपयाँको अक्षयकोष स्थापना गरिदिए ।

सोही अवसरमा बिहुँ गौस्वारका सुवेदार कृष्णबहादुर पुनले ३० हजार १० रुपैयाँ र बिहुँ सिरपालीका कृष्णलाल कँडेलले रु १० हजार रुपयाँको छुट्छुट्टै अक्षयकोष स्थापना गरेका छन् ।

७ जना शिक्षकलाई स्थानीयश्रोतबाट तलब खुवाउनु पर्ने बाध्यताले निक्कै ठुलो समस्या परेको बताउदै प्रवासी नेपालीले गरेको महत्वपूर्ण रहेका द्यिालयका प्रधानाध्यापक देवनारायण सापकोटाले जानकारी दिए । कार्यक्रममा सहयोग गर्ने सम्पुर्णलाई दोसल्लाहा ओढाएर सम्मान समेत गरिएको थियो ।

वडा सदस्य भुमिश्वर कडेंल र देवरायण सापकोटाले बोलेको कार्यक्रममा स्वागत पुर्वविद्यार्थि भरत सापकेटाले गरेका थिए । बिद्यालय व्यबस्थापन अध्यक्ष बालाकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन भने शिक्षिका अमृता विश्वकर्माले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung