९ कार्तिक २०८३, आईतवार

 

प्रिसियस एकेडेमीको विघार्थीले सोधे ताया मचाको के महत्त्व छ ?

प्रिसियस एकेडेमीले आफ्नो विघार्थीहरूलाई गाई जात्राको अवलोकन गराएको छ ।गाई जात्राको दिन नेवार समुदायले मृतकको सम्झनामा घर घरबाट निकालेको ताया मचाको महत्त्व बारे जानकारी दिने उदेश्यले विघार्थीलाई अवलोकनमा ल्याएको प्रिसियस एकेडेमीका प्रिन्सिपल गिता शर्माले बताए ।कक्षा १ देखि ५ कक्षासम्मको ६५ जना विघार्थीहरूले अवलोकनमा भाग लिएका थिए ।

बागलुङमा गाई जात्रा कहिलेदेखि शुरू भयो ,ताया मचा किन निकाल्छन नेवारले र यसको के महत्त्व छ भन्ने विभित्र जिज्ञासाहरू विघार्थीहरूले नेपाल भाषा मंका खलका अध्यक्ष मुकेश राजभण्डारीलाई राखेका थिए ।विघार्थीहरूलाई समाजका विभिन्न जाती र जनजातिहरूको संस्कृतिको विषयमा विघार्थीलाई प्रत्यक्ष थाहा दिएर हाम्रो नेपाल सास्कृतिक विविधताले भरिएको सम्पन्न मुलुक हो भन्ने विषयमा प्रष्ट बनाउनु र उनीहरू विचार फराकिलो बनाउनु अवलोकन भ्रमणको मुख्य लक्ष्य रहेको प्रिन्सियस एकेडेमीको अध्यक्ष राजन शर्माले नयाँ विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung