समृद्ध पुस्तकालय सुदृढ समाज भन्ने मुल नारासहित ११ राष्ट्रिय पुस्तकालय दिवसकाे अबसरमा बिद्यामन्दिर पुस्तकालय बागलुङले अन्तर माबि वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरेको छ ।
बागलुङ नगरपालिकामा रहेका ११ माध्यमिक बिद्यालयका जना बिद्यार्थीले भाग लिएको बक्तित्वकला प्रतियोगितामा बिद्यार्थीले समृद्ध पुस्तकालय समाजमा भए मात्रै सुदृढ समाज बनाउन मद्दत पुग्ने हुदा गाउँ गाउँमा सामुदायिक पुस्तकालय संचालन गर्ने तर्फ सबैले भुमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
न्यु एभरेस्ट एकेडेमी संझना सापकोटा गरिमा अावासिय माबिका भीमप्रसाद पाैडेल, चिल्ड्रेन लाइफ इङलिस माबिका सलिना केसी, युनिभरसल माबिका समिक्षा भुसाल फ्युचर ब्राइटर माबिका अायुस्मा गाैतम ,कालिगण्डकी माबिका अाशिष बाेहाेरा, न्यु अाेयसिस एकेडेमीका रेणुका घर्ती बिश्वकर्मा ,माबिका एलिशा गाैतम सिर्सा गैरे, अमृत अादर्श माबिका संझना सापकोटा ,बिद्यामन्दिर माबिका मनिषा निउरे ,सिद्धार्थ शिक्षा सदनका राघव शर्मा, रूद्रे पिपल माबिका निश्चल बाेहाेराले वक्तृत्व कला प्रतियोगितामा भाग लिएका थिए ।

कार्यक्रममा सल्लाहकार शैलेन्द्र कुमार श्रेष्ठ, सल्लाहकार देवबहादुर श्रेष्ठ ,धाैलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमकाे अध्यक्षता बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारी स्वागत पुस्तकालयका उपाध्यक्ष रामप्रसाद शर्मा संचालन सचिव राम थापा अबिरलले गरेका थिए ।
प्रतियोगितामा बिद्यामन्दिर माबिका मनिषा निउरे प्रथम, युएस एकेडेमिको समीक्षा भुसाल दितृय,विश्वकर्मा माविको एलिसा गाैतम तृतिय ,सिद्धार्थ शिक्षा सदनका राघव शर्मा सान्त्वना स्थान हासिल गरेको धाैलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एबम निर्णायक मण्डलका संयाेजक हरिप्रसाद पाण्डेले बताए ।
पुस्तकालय दिवसको अबसरमा पुस्तकालयका उपाध्यक्ष रामप्रसाद शर्माले अाफ्नाे बुवा गंगाप्रसाद शर्माकाे स्मृतिमा राखिएको काेषबाट प्रथम दृतिय र तृतीय हुने बिद्यार्थीलाई नगद र प्रमाणपत्रबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।



















































































































































































































