९ कार्तिक २०८३, आईतवार

 

विद्यामन्दिर माविको बालविकास केन्द्रका बालबालिकालाई पूर्व विद्यार्थी आचार्यको सहयोग

विघामन्दिर माध्यमिक विघालयमा रहेको बालविकासलाई सुविधा सम्पन्न बनाउने अभियान अन्र्तगत पूर्व विद्यार्थी तथा साझेदारी सहकारीका पुर्व अध्यक्ष ,नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको उपसभापति राजेन्द्र आचार्यले सहयोग गरेका छन ।

बालविकासका बालबालिकालाई निःशुल्क खाजा ,पोशाक ,शैक्षिक सामाग्री र थप एक जना सहजकर्ताको लागि लाग्ने खर्च व्यवस्थापनको लागि आचार्यले १२ हजार ३ सय ४५ रुपैया ६७ पैसा  सहयोग गरेका हुन ।

साना बालबालिकाहरूले नाचेर ,खेलेर पढ्न ,सिक्न र गुणस्तरीय शैक्षिक वातावरण बनाउन उनले गरेको सहयोग महत्वपूर्ण रहेको छ ।विघामन्दिर माविका पुर्व विघार्थीहरुको सहयोगमा सुविधा सम्पन्न बाल विकास बनाउने अभियान शुरु भएको छ यस अभियानका संयोजक मुकेश राजभण्डारीले बताए ।

निःशुल्क खाजा ,पोशाक ,शैक्षिक सामाग्री र थप एक जना सहजकर्ताको लागि तलब गरेर यो वर्ष ६ लाख खर्च लाग्ने  प्रअ जगन्नाथ आचार्यले जानकारी दिए ।हामीले विघालयमा कसरी विघार्थी टिकाउने भन्ने ठुलो चुनौति छ। बालविकासदेखि कक्षा १० सम्म धेरै जसो गरिव परिवारबाट विघार्थी आएका छन ।उनीहरुको धेरै समस्याहरु  भएकोले देश विदेशमा रहेका पुर्व विघार्थीहरु र शिक्षाप्रेमीहरुको सहयोग र सहकार्यमा यो अभियान ल्याएको विघालय व्यवस्थापन समितिका अध्यक्ष सुवाशचन्द्र राजभण्डारीले नया विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung