९ कार्तिक २०८३, आईतवार

 

शिक्षा दिवस कार्यक्रममा शिक्षकहरुलाई सहभागी नहुन गलकोटका शिक्षक संगठनहरुको अपिल

३९ औ शिक्षा दिवस तथा ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवसको औपचारिक कार्यक्रममा शिक्षकहरुलाई सहभागि नहुन गलकोटका शिक्षक संगठनहरुले अपिल गरेका छन ।

गलकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले भोलि शनिबार भोलि हटियामा आयोजना गरेको ३९ औ शिक्षा दिवस तथा ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवसको औपचारिक कार्यक्रममा सामुदायीक तथा संस्थागत बिद्यालयका शिक्षक तथा प्रध्यानाध्यापकलाई सहभागी नहुन ४ क्रियाशिल शिक्षक संगठनका अध्यक्षहरुले सयुक्त बिज्ञति प्रकाशित गरि अनुरोध गरेका हुन ।

२०७५ साउन २४ गते शिक्षा मन्त्रिको अध्यक्षतामा बसेको मुल आयोजना समितिको बैठकमा नेपाल शिक्षक महासंद्यको ध्यानाकर्षणपछि बिगतमा रोकिएको भए पनि यसपटक उत्कृष्ट शिक्षक र शिक्षा सेवीलाई पुरस्कृति र सम्मानित गर्ने काम गरिनेछ भनि स्वयम शिक्षा मन्त्रिले गन ुभएको सार्वजनिक प्रतिबद्धता बिपरित नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले यो कार्यलाई स्थगित गरेकोले यस्तो कार्यक्रममा भाग लिनुको कुनै औचित्य र अर्थ नभएको भन्दै

नेपाल राष्ट्रिय शिक्षक संगठन गलकोटका अध्यक्ष राम बहादुर खत्री, नेपाल शिक्षक संद्य गलकोटका अध्यक्ष हरि चालिसे, एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोटका अध्यक्ष चुडामणि सुवेदी र अखिल नेपाल शिक्षक संद्य गलकोटका अध्यक्ष पुस्कर सापकोटाले नेपाल शिक्षक महासंद्यको निर्देशन अनुसार सयुक्त रुपमा हस्ताक्षर गरि यस्तो अपिल गरेका हुन । नेपाल शिक्षक महासंद्य र यस आवद्ध घटकहरुको उपस्थिति नरहने कुरा बिज्ञतिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung