९ कार्तिक २०८३, आईतवार

 

जनप्रतिनिधिबाट एक बर्षको तलब शैक्षिक विकासमा

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गरेका छन् । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४ हजार ५४ रुपैय“ा बरावरको शैक्षिक सामाग्री प्रदान गरेका थिए ।

जननायक विपी कोइरालाको १०५ औ जन्मजयन्तीको अवसरमा रसाईलीको संयोजनमा संस्कृत माविमा विज्ञान सामाग्री हस्तान्तरण गरिएको छ । बिद्यार्थीले प्रयोगात्मक रुपमा अध्ययन गर्न नपाईरहेको अवस्थामा सैद्धान्तिक भन्दा पनि व्यहारीक शिक्षामा टेवा पुग्योस भन्नको लागि सहयोग गरेको केन्द्र रसाईलीले बताए ।

जनप्रतिनिधि भएदेखि अहिले सम्मको तलव,भत्ता र बैठकबाट १ लाख ४ हजार ८ सय ४० रुपैय“ा प्राप्त भएको र त्यस मध्यवाट ८४ हजार ५४ रुपैय“ाको आफुले विज्ञान सामाग्री खरिद गरि बिद्यालयमा प्रदान गरेको उनले बताए । अन्य बा“की रकम स्वास्थ्यमा प्रदान गर्ने तयारी गरेको उनले बताए । जनप्रतिनिधि भएदेखि ५ बर्ष सम्म प्राप्त हुने तलव र भत्ता सम्पुर्ण शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उनले बताए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य एवं दलित सघंका पुर्व महामन्त्रि प्रकाश रसाईलीले सामाजिक क्षेत्रमा लागेका युवाहरुले शिक्षा र स्वास्थ्यमा लगानी गर्नु अत्यन्तै सान्दर्भक हुने बताए ।

जनप्रतिनिधीहरुको चौतर्फी आलोचना मात्र आईएको अवस्थामा केही जनप्रतिनिधीहरुले राजनितिलाई पेशा नभनी सेवाको भावनाले लाग्नु गर्भको कुरा भएको बताए । नेपाली काग्रेसबाट विजयी भएका जनप्रनिनिधिहरुबाट जनताको मन जित्ने काम अहिलेको अवस्थामा भएको उहाले बनाउनुभयो । नेपालमा कम्युनिष्टहरुबाट विजय नभएका जनप्रतिनिधिहरुले भनाई र गराईमा फरक काम गर्ने हुदा जनताले उनिहरुलाई मुल्याङ गरिसकेको बताए ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, नेपाली काग्रेसका जिल्ला सचिव नवराज पौडेल,नेपाल बिद्यार्थी सघंका केन्द्रिय सहमहामन्त्रि हरिहर शर्मा,नेका जिल्ला सदस्य सिताराम रसाईली,नेविसघंका जिल्ला अध्यक्ष खडक थापा,नेपाल शिक्षक सघंका अध्यक्ष उमाकान्त पौडेल,नेपाल तरुण दलका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’,कर सेवा कार्यालयका प्रमुख सुर्य चापागाई,नेका क्षेत्रिय सदस्य बिष्णु आचार्य,नेका वडा सभापति एवं वडा सदस्य बमबहादुर क्षेत्री लगाएले बोलेका थिए । सामाग्री पाएपछि यह“ा बिद्यार्थीहरुमा अध्ययनमा सहज हुने अपेक्षा गरिएको छ । हस्तान्तरण कार्यक्रम वडा सदस्य केन्द्र रसाईलीको अध्यक्षता,बिद्यार्थी ध्रुव सुबेदीको स्वागत र शिक्षक राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।


यस अगाडि पनि रसाईलीले जनता बाल साक्षरता आधारभुत बिद्यालय जैमिनी–७ मा अध्ययन गर्ने बिद्यार्थीको लागि एक बर्ष सम्म पुग्ने गरि शैक्षिक सामाग्रीहरु प्रदान गरेका थिए । जैमिनी कै विपन्न बिद्यालयमा जनप्रतिनिधि भएर नेपालमा नै पहिलो पटक शैक्षिक क्षेत्रमा सहयोग गरेका थए । उनले जनप्रतिनिधि भएपछि आएका तलव,भत्ता बापनको १६ हजार २ सय र आफनो व्यक्तिगत २१ हजार ७ सय ८५ गरि ३८ हजार १० रुपैया“ बरबारका सम्पुर्ण शैक्षिक सामाग्री प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung