१० कार्तिक २०८३, सोमबार

 

नबसृजना युवा क्लब NYC ताराको तिज गित तथा दर खाने कार्यक्रम सम्मन्न

नबसृजना युवा क्लब (NYC) तारा र सृजन शिल महिला समूह को संयुक्त आयोजना मा चेतनामूलक तिजगित प्रतियोगिता तथा दर खाने कार्यक्रम आज सम्पन्न भएको छ ।महिला हिंसा अन्त्यका लागि शिक्षित समाज को आबश्यकता बिषयक तिज गित प्रतियोगिता मा आयोजक समूह को टिम प्रथम, सुरक्षित मातृत्व महिला समूह ताराखोला गा पा ५ तारा दित्तिय र जनजागरण महिला ताराखोला गा पा ४ तारा तृतीय हुँदै क्रमश नगद ५ हजार, ३ हजार र १ हजार ५ सय प्राप्त गरेका छन

कार्यक्रम मा बोल्दै ताराखोला गाउँ पालिका वडा न ४ का अध्यक्ष जित बहादुर खत्री ले कार्यक्रम का अबसर मा सहभागी दिदी बहिनी हरुले व्यक्त गरेका गितका भाव हरु साच्चिकै अनुसरणिय रहेका बताए । उनले अशिक्षा कै कारण अझै पनि महिला हिम्सा का घटना घटिरहेका भन्दै तिज को अबसर मा सान्दर्भिक बिषयबस्तु छनोट गरि प्रतियोगिता आयोजना गरेको मा आयोजक लाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।
कार्यक्रम को अबसर मा ने क पा का जिल्ला सचिवालय सदस्य धन बहादुर खत्री , ताराखोला गाउँ पालिका का वास संयोजक भिमा रोका पुन वडा न ४ का वडा सदस्य सपनादेबी बुढाथोकी लगायत ले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम को अबसर मा उपस्थित सम्पूर्ण अतिथि सहभागी तथा दर्शक हरुलाइ महिला संजाल वडा न ४ को संयोजन मा दर खुवाइएको थियो ।
कार्यक्रम नबसृजना युवा क्लब का अध्यक्ष पूर्ण भद्र निउरे को अध्यक्षता सदस्य मन बहादुर घर्ती को संचालन र सृजनशिल महिला समूह कि सचिब तुलमाया घर्ति को स्वागत मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung