११ कार्तिक २०८३, मंगलवार

 

घरमा आगलागी हुँदा झण्डै ३ लाखको क्षति बुहारी घाईते

गएराती गलकोट नगरपालिका ९ बॉसखोला चित्रेथुममा एक घरगोठमा आगलागी भएको छ । स्थानिय बिन बहादुर विश्वकर्माको घरगोठमा आगोलागी हुॅदा घरमाभएका लत्ताकपडा, अन्नपात र अन्य सामाग्री जल्दा झण्डै ३ लाख बराबरको क्षति भएको वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापाले जानकारी दीए । राती करिब ९ बजेको समयमा खाना पकाएर रहेका केहि आगोको झिल्कोले उक्त आगोलागी भएको पिडित विकले जानकारी दिए । आगो स्थानियको सहयोगमा राती १० बजे नियन्त्रणमा आएको थियो ।

आगोलागी हुॅदा विककी बुहारी दुर्गा विश्वकर्मा घाईते हुनुभएको छ । घाईते विकको राती नै स्थानियको सहयोगमा ईमर्जेन्सी पोलिक्लिनिक प्रालि हटियामा उपचार भईरहेको छ । घाईतेको कम्मर मुनिको भाग जलेको वडा अध्यक्ष थापाले जानकारी दिए । आज बिहान घाईते विकको स्वास्थ्य अवस्था बुझ्न गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे अस्पताल पुगेका थिए ।

गैरेले अस्पताल पुगी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नगर प्रमुख गैरेले नगरको तर्फबाट तत्काल प्राथमिक उपचार स्वरुप नगद रु १५ हजार र १ थान त्रिपाल उपलब्ध गराए । आगोलागीबाट गोठमा रहेको भैंसीको शरिरको पछिल्लो भाग समेत जलेको र आजै पशु सेवा केन्द्र कॉडेबासको सहयोगमा उपचार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

घटनाको वडा अध्यक्ष तेज बहादुर थापा र ईलाका प्रहरी कार्यालयको टोलीले स्थलगत अवलोकन गरि मुचुल्का समेत तयार पारेको वडा कार्यालयले जनाएको छ । आगो नियन्त्रणको क्रममा स्थानिय रत्न बहादुर विक समेत घाईते भएका थिए । घाईते विक सामान्य उपचार पछि घर फर्किएका छन् । आर्थिक अवस्था कमजोर रहेको विक परिवारले सहयोग गरिदिन सबैमा अपिल समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung