बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जिल्लामा आई पर्ने प्राकृतिक विपत्तिवाट कम क्षेती हुने गरी काम गर्नुपर्ने वताउनु भएको छ ।
नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा बागलुङले अयोजना गरेको ४ दिने विपद व्यवस्थापन क्षमता प्रतिकार्य तालिमको उद्घाटन गर्दे खरेलले यस्तो वताउनु भएको हो ।
तालिम सैद्धान्तिक ज्ञान लिने माध्यम भएकोले ज्ञानलाई सीपमा वदलेर समाजमा आईपर्ने विपत्तिमा जुट आग्रह गर्नु भएको छ ।
अमेरिकन रेडक्रको सहयोगमा बागलुङमा संचालित समुदायमा आधारित विपद व्यवस्थपन प्रतिकार्य योजना मार्फत आयोजना गरिएको तालिममा काठेखोला गाउपालिका वडा नम्वर ५ र ६ विहु तथा वडिगाड गाउपालिका वडा नम्वर ५ ग्लाीचौरका २४ जनाको सहभागिता रहेको छ ।
नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा सभापति जव्वर वहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा तलिमका प्रमुख प्रशिक्षक महेश्वर थपलियाले मन्तव्य व्यक्त गर्नु भएको थियो । शाखा उपसभापती राजेन्द्र आचार्यले स्वागत गर्नु भएको कार्यक्रमको संचालन मन्त्री नारायण शर्मा पौडेलले गर्नु भएको थियो ।
परियोजना मार्फत यस अधि ९ वटा तालिम मार्फ २ सय १६ जनाले विपद व्यवस्थापन क्षमता प्रतिकार्य तालिम लिई सकेका छन् । तालिममा सहभागीहरुलाई स्थानीय उपशाखामा रहने गरी विपदमाको समयमा तत्काल उद्धारको लागि आवश्यक पर्ने उद्धार समाग्र िसमेत हस्तान्तरण गरिने जिल्ला कार्यक्रम संयोजक श्याम कोईरालले वताउनु भयो ।



















































































































































































































