३ जेष्ठ २०८१, बिहीबार

 

जिल्ला कृषि सहकारी संघ बागलुङको अध्यक्षमा थापा

जिल्ला कृषि सहकारी संघ लिमिटेड बागलुङको अध्यक्षमा नरबहादुर थापा सर्वसम्मत रुपमा चयन भएका छन् । संघको शुक्रबार सम्पन्न छैठौं साधारण सभाबाट थापाको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति चयन गरेको हो । संघको उपाध्यक्षमा मणिभद्र शर्मा, सचिवमा गंगा थापा, सह–सचिवमा ललिता श्रीस, कोषध्यक्षमा अष्मिता गौतम चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा धन बहादुर कार्की, लक्ष्मण पुन र नरवहादुर खत्री चयन हुनु भएको हो । संघले आनन्द प्रसाद शर्माको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ । समितिको सदस्यमा बद्री ढुङ्गाना र ऋषिराम शर्मा रहेका छन् ।साधारणसभामा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जि.सी.ले सहकारीले कृषि क्षेत्रलाई प्राथमिकता दिएमा मात्र कृषिमा अत्मनिर्भर हुन सक्ने बताएका थिए ।

जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले कृषि सहकारीले सम्पूर्ण कृषकहरुलाई एकता वद्ध गरी लैजानु पर्ने बताएका छन् । यस्तै कार्यक्रममा संघका पूर्व अध्यक्ष मोहनलाल शर्मा, आदर्श सञ्चार सहकारीका अध्यक्ष अञ्जु जि.सी., लक्ष्मण पुन लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष अनन्त बहादुर खड्काको अध्यक्षता, धनबहादुर कार्की स्वागत तथा सचिव प्रेम लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्