११ कार्तिक २०८३, मंगलवार

 

सिद्धश्वर शिवालय सेवा समितिले तयार गर्याे वार्षिक याेजना

सिद्वेश्वर शिवालय सेवा समिति गलकोट नगरपालिका ७ मल्मको प्रथम अधिवेशन पछिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्य योजना निर्माण गरेको छ ।
जस अन्तर्गत यो आर्थिक वर्षमा मन्दिरको उत्तर तर्फ पक्की खानेपानी धारा, शौचालय र दक्षिण तर्फको खुल्ला मैदानमा पक्की मञ्च निर्माण गर्ने, संस्थामा संस्थापक सदस्य र आजीवन सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।
त्यस्तै नाच्ने डाॅडा संरक्षण समाज र सिद्वेश्वर शिवालय सेवा समितिको समझदारी भएमा नाच्ने डाॅडा संरक्षण समाजको अस्तित्व र ईतिहाॅस नमेटिने गरि सिद्वेश्वर शिवालय सेवा समितिले अभिभावकत्व गर्ने र मन्दिरको पुन निर्माण गरि धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने निर्णय गरिएको प्रेस सल्लाहकार थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।
सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ गैरा निवासी केशर बहादुर खडकाले मन्दिरको आडैमा रहेको रु ५० हजार बराबरको ५ आना जग्गा सिद्वेश्वर शिवालय मन्दिरलाई निशुल्क प्रदान गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता हुनु पुर्व स्थानिय खले खडकाले मन्दिरलाई निशुल्क प्रदान गरेको जग्गा र अहिले सहयोग प्राप्त थप जग्गाको स्मारिका र बोर्डमा अभिलेख राख्ने, बाह्रमुरीमा रहेको गुठीको खेतलाई उचित व्यवस्थापन गर्ने, शिवालय मन्दिरदेखि पाण्डुकेश्वर गुफा सम्म पर्यटन पदमार्ग निर्माण गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठक सिद्वेश्वर शिवालय सेवा समिति मल्मका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung